News Portal

रेडियो सुन्नुहोस्

युवा नेतृत्वको उदय सँगै नागरिकमा देखिएका अपेक्षाहरु

चक्र चन्द२०७८ पुस ७, प्यूठान
९४८ पटक
२०७८ पुस ७, प्यूठान

राजनीति भन्ने बित्तिकै नाक खुम्च्याउनु पर्ने अवस्था सृजना भैरहेको पछिल्लो समय युवाहरु राजनितीको मुल नेतृत्वमा आउनुले नागरिकमा नयाँ आसाका पालुवाहरु अंकुरित हुन थालेका छन् । विकास, परिवर्तन, सुशासन, स्थिरता र रुपान्तरण का नाराहरु नसुनिएका पनि होइनन् तर नागरिकमा परिवर्तनको चेत बदलिन नसक्दा यी सबै कोरा नारामै सिमित रहे । ‘जनता परिवर्तनको संवाहक हो ।’ देशभित्र बस्ने नागरिक कति विवेकी र चेतनशील छन् भन्ने कुराले पनि परिवर्तन छिटो वा ढिलो गर्ने भन्ने कुरा तय गर्दछ । देश दुनियाँलाई जब जनताले नियालेर हेर्छ, बुझ्छ र अनुभव गर्छ तबमात्र उ आफु,समाज र देश रुपान्तरणको सपना देख्न थाल्छ ।

आज विश्वमा धेरै देश हरु विकास र समृद्धिले सम्पन्न छन् त्यसको मुख्य आधार जनताको विवेकपुर्ण निर्णय नै हो । जब नेतृत्वले सहि र गलत गरेको नागरिकले थाहै पाउन सक्दैनन् वा भनौं राम्रोलाई स्वीकार अनि गलतलाई अस्विकार गर्न सक्दैनन् देश बन्ने भन्ने कुरा सपना बाहेक अरु हुन सक्दैन । हाम्रो देश नेपाल विश्वमा अत्यन्तै संभावना बोकेको मुलुक भए पनि विगत ५० औं वर्षदेखी सत्ता र शक्ति केन्द्रहरुले खेल मैदानको रुपमा प्रयोग गर्दै आफू अनुकूलको सरकार बनाउने वा हटाउने बाहेक अरु काम गर्न दिएका छैनन्। हाम्रा वीर पुर्खाले रगतसँग साटेर बचाएर राखेको मुलुक आफ्नै सन्तानले किन सजाएर राख्न सकेनन प्रश्न गम्भीर छ..? यसमा सबै नेपालीको दोष छ । नेतृत्वलाई मात्रै गाली गरेर उम्कने छुट आज कसैलाई छैन ।

मुलुकलाई विकास, समृद्धि र सुशासन दिलाउन खबरदारी गर्नुपर्ने जनता जब आफै कोही कसैको लगोटी, टिके, चम्चे, च्याप्लुसी, झोले र अन्धभक्त बन्छ र उस्ले जति नै ठूलो गल्ती गरेपनी ढाकछोप,बचाउ मै समय खर्चन्छ नि मुलुक बनेन भनेर जतिसुकै चर्को नारा लगाए पनि कुनै अर्थ हुँदैन । आज हाम्रो देश पछाडि पर्नुको पछाडि हाम्रै कारण छ ।

पछिल्लो पटक काँग्रेस महाअधिवेशन बाट युवाहरू नेतृत्वतहमा आउनु राप्रपा अध्यक्षमा युवा निर्वाचित हुनुले अब जनता परिवर्तनको लागि तयार छ भन्ने संकेत गरेको पाईन्छ । यो चेत पहिल्यै आउनु आवस्यक थियोे खैर अहिले भएपनी अब ढिलो नहोस् भन्ने न हो । पार्टी दोस्रो कुरा हो देश पहिलो हुनुपर्छ । देशले जित्नुपर्छ । देशका समस्या हल हुनुपर्छ । सबै पार्टीमा युवा र केही गरौ भन्ने सोच राख्ने हरु छन तर पार्टीको कब्जामा छन् मानौँकी उनिहरुका हात खुट्टा बाँधिएका छन् । पार्टीको नाम जोड्यो मन्त्री,संसद भयो पैसा कमायो परिवार र आफ्नो सन्तान हरुको लागि पुग्ने सेवा सुविधा उपभोग गर्यो अरुका समस्या भाँडमा !

कार्यकर्ताहरु कार्यक्रम आयोजना गरे नेताकै भजन गाए सकियो। अब यो परिपाटी तोडिनु पर्छ । यो पटक काँग्रेस महामन्त्रीमा बिजयी २ लोकप्रिय युवाबाट देश र नागरिकले ठूलो अपेक्षा राखेको छ । वर्षौं देखीको जनताको विकास र परिवर्तन को अपेक्षा उनिहरुसँग छ । लाग्छ अबको दशक यिनै नयाँ अनुहारको वरिपरि नेपाली राजनीति केन्द्रित रहने छ । उनीहरुको जितले नेपाली राजनीति पछिल्लो पटक तरंगित छ ।हुनत युवा नेतृत्व आउने बित्तिकै देशमा चमत्कार हुने भन्ने त होइन तर आशावादी रहौँ कि उनिहरु जनतामा जसरी लोकप्रिय भएर आएका छन् त्यसरी नै जनभावनाको कदर गरेर जनअपेक्षित काम गर्नेछन् । आजसम्म विकास र समृद्धिका कुरा गरेर नथाक्नेहरु जसले नेपाली राजनीतिलाई दुषित बनाए अब बिस्तारै राजनीतिक क्षेत्रबाट बिदा लिने समय आएको छ । हरेक पार्टीभित्र वैकल्पिक दृष्टिकोण,नीति र नेतृत्वको बहस हुन सकोस् ।

समय,परिस्थिति र आवस्यकता अनुरुप नेतृत्व परिवर्तन वा हस्तान्तरण गर्नेमा सबैले विवेकपुर्ण निर्णय गर्न सचेत बन्न सकुन् । नयाँ विचार,नयाँ जोस,नयाँ योजना सहित देश विकासको रोड म्याप अबको युवा नेतृत्वले बनाउने छ । जनतालाई विकास, स्थिरता, सुशासन र परिवर्तनको अनुभुती दिलाउन अबको युवा नेतृत्व सफल रहोस् । देशभित्रै सम्भावनाको खोजी गर्दै युवा पलायन लाई रोक्न विभिन्न विकल्प सहित रोजगारीका अवसरहरुको खोजी गर्न सकोस् । अब अरुको पछाडी लागेर होइन आफ्नै स्व– विवेकले राम्रो र नराम्रो नेतृत्व छुट्याउन सकौँ । देश नेताले होइन आफैंले बनाउने प्रण गरौं। जय युवा ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...