News Portal

रेडियो सुन्नुहोस्

पाल्पामा मलामी बाेकेकाे बस दुर्घटना : ७ जनाकाे मृत्यु

झुलेनी नेटवर्क२०७८ पुष १८, बुटवल
५६८ पटक
२०७८ पुष १८, बुटवल

बुटवलबाट मलामी बोकेर रिडि जांदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीनजनाको सनाखत भएको छ ।

बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाँणले जानकारी दिए ।

मलामी गएका उमेश कुंवरका अनुसार मृतक लालबहादुर बीरबहादुरका छोरा हुन् । प्रहरीले भने यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताएको छ । मृतक विक परिवार अर्घाखांचीको मरेङबाट बुटवलमा बसाई सरेका कुंवरले बताए ।

सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

 

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...