News Portal

रेडियो सुन्नुहोस्

देउवासँगको भेटपछि ओलीले भने : ‘राम्रो भयो’

झुलेनी नेटवर्क
८२४ पटक

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए ।

देउवा–ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । तर, उनीहरूबीच के–के कुराकानी भएको हो ? त्यसबारे सचिवालयले खुलाएका छैनन् ।

भेटपछि देउवा केही नबोली बाहिरिए । ओलीले पनि सञ्चारकर्मीको जिज्ञासामा लामो जवाफ दिएनन् । वार्ता कस्तो भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘राम्रो भयो ।’

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताहरुबीच एक घण्टासम्म वार्ता भएको, तर ‘वान टु वान’ वार्ता भएकाले आफूलाई थाहा नभएको बताए ।

प्रधानमन्त्री देउवा बालुवाटार फर्किदैछन् । उनको सचिवालयले पनि त्यसबारे बोलेको छैन ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए । पौडेल–ओली वार्तापछि गठबन्धनमा छलफल गरेरै देउवा ओली निवास गएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...