News Portal

रेडियो सुन्नुहोस्

सत्य घटनामा आधारित कथा : गरिबको त्यो दशैँ

गिर बहादुर के.सी.२०७८ माघ १९, प्यूठान
२५०९ पटक
२०७८ माघ १९, प्यूठान

दशैंको रमाइलो खुसीयाली सबैको घर आगनीमा भित्री सकेको थियो। फरक यती मात्र थियो कि म जस्ता गरिबको घरमा बाहीरी खुसी थियो भने भित्री मनमा यो दसै कसरी टार्ने भन्ने चिन्ता। धनी साहुका घरमा दशैंमा नयाँ कस्ता लुगा लगाउने, कस्ता परिकार बनाउने भन्ने सल्लाह हुन्थ्यो। दशैंको लागि खसी कहाँ खोज्ने र जतिसक्दो ठूलो किनेर गाउलेलाइ देखाउनु पर्छ भन्ने कुराको पिर थियो होला । दशैँ पर्खदै गर्दा हरेक मान्छेहरुलाइ कामको भ्याई नभ्याई थियो । कसैका खेतमा धान पाकेर लहबरी भएका थिए । कसैलाई घरका भित्ताहरु रङ्गाउन लहबरी थियो ।

कसैलाई खसी बोका खोज्न समय थिएन । म जस्ता केही साथी गाउँमा बरालिएर डूल्दै जाड खादैमा हlड्ने फुर्सद थियन । जे जसो गरेर भएपनी सबैले आ–आफ्नो घरमा रमाइलोको साथमा दशैँ मनाउदै थिए । पल्लो गाउको छेउ नीर एउटा म जस्तै गरीबको घर थियो । त्यो घरमा एउटी बृद्ध महीला करिब ७० वर्षकी अनि उहाका श्रीमान करीब ७६ वर्षका हुनुहुन्थ्यो होला । त्यो घरकी ती बृद्ध महिला सारै बिरामी परेर थला पर्नु भएको रहिछन। मेरो झोपडी भन्दा केही समयको बाटोमा अर्थात पल्लो गाउमा उहाको सानो खरको छानो भएको घर थियो। उहाका छिमेकी हरुले सायद थाहा पाएका थिए होला । बिरामी परेर थला परेको तर दशैँको लटामरमा कसैले वास्ता गरेन होला। आखिर म जस्ता गरिवको कस्ले पो वास्ता गथ्र्यो होला र ! उहाका दुई छोराहरु पनि थिए तर उनीहरु घरमा थिएनन् । कामको शिलसिलामा भारत गएका थिए ।

एउटा छोराको बिबाह पनि भएको थियो तर के गर्नु गरीबीको पीडा बुहारीले आफ्नो मनको गहना कपडा लगाउन नपाए पछि सासू ससुरा सङ्ग झगडा गरेर माइतमा बसेकी रहिछन । बिचरा बुढेस कालका साहारा केबल एउटा ७६ वर्षका श्रीमानले केनै गर्न सक्थे र । धन पैसा टन्न भएको भए मान्छे लगाएर भएपनी हस्पिटल पु¥याउँदा हुन अनि छिमेकीहरुले पनि साथ दिन्थेहोला तर गरीवीको पिडा कस्ले बुझ्दो रहेछ । सायद खाने खर्च सम्म नभएर कुनै दिन भोको पो बस्नु परेको थियो कि ? धनी साहुको कुरा झुटो भए पनि न्याय कानुनले साचो गराई दिन्छ । हामी जस्ता गरीबका कुराहरु सत्य नै भएपनी झुट सावित हुन्छ । विजया दशमीको अन्तिम दिन तथा टिकाको दिन सबैको घर घरमा टिका जमरा लगाउदै खुसीको साथ मान्यजन तथा आफन्त नातेदारहरुको आशीर्वाद आदान प्रदान गर्दै थिए ।

उता साना साना नानी बाबूहरु पनि खुसी हुँदै रमाउदै ग्रुप ग्रुप बनेर टिका लगाउदै गाउँ भरी डुल्दै थिए । विधीको बिड्म्बना आयो काल टप्प टीप्यो लगेर गयाे । न त दशैँ, न त तिहार, नत सानाे । न त ठूलो । एक दिन हामी सबैले यो संसार छोडेर जानै पर्ने हो । बिचरा ती बिरामी परेकी बृद्ध महीला पनि त्यो बूढो श्रीमानलाई एक्लै पारेर यो सन्सार छोडेर सदाको लागि बिदा हुन पुग्नु भयो । उता दशैँको टिका त्यस माथी पनि एउटा गरीब परीवारमा मृत्यु भएको कस्लाई वास्ता हुन्थ्यो होला र । बिचरा बुढा श्रीमान बोल्न पनि नसक्ने भएका रहीछन, श्रीमतीको मृत्युको कारणले गर्दा । समाज अनि सन्सारमा सबै स्वार्थी हुन्छन भन्नू पनि होइन कोही असल र सहयोगी पनि हुन्छन तर थोरै मात्रमा । त्यहीँ गाउबाट बिवाह भएर पल्ला गाउँ गएकी एक युवती अनि उनका श्रीमान टिका थाप्न भनेर ससुराल आउदै रहेछन । अनि ती युवतीले त्यो झोपडीको ढोका खुल्लै देखेपछी नाता लगाएर बोलाइछन । तर कोही पनि नबोले पछि उनको मनमा के लाग्यो खै बाटोबाट झरेर बोलाउदै भित्र पस्दा त बिचरा ती बृद्ध आफ्नी मृत्यु भएकी श्रीमतीको छेउमा बसेर रोइरहेको देखिछन । अनि हतार हतार बाहिर आएर आफ्नो श्रीमानलाई बोलाइछन । श्रीमान पनि भित्र पसेर हेर्दा त बिचल्ली थियो । अब उनीहरु दुबै जनाको आँखा पनि रसाए होलान सायद ।

ती युवक आफू त्यही बसेर आफ्नी श्रीमतीलाई गाउँमा खबर गर्न लगाएछन । केही पर पुगेपछी बाक्लो गाउँ थियो ती युवती त्यहाँ पुगेर खबर गर्दै फर्केर आइन् । केही समय पछी गाउँमा हल्ला भएछ । मलाई पनि मेरो जाँड खाने पार्टनरले खबर गर्यो ।  केही छिनमा म पनि पुगेँ । अलिकति मान्छे जम्मा भएका रहेछन । बिधीको बीधान अनुसार दुई जना मान्छेलाई पसलमा कात्रो किन्न पठायौँ । पसल अलि टाढा भएको हुनाले केही समय लाग्यो । यता उता गर्दा झन्डै बेलुकाको तीन बजि सकेको थियो। केही बेरमा २५/३० जना मान्छेले घाट तर्फ लगेर गयौँ । घाटमा पु¥याएपछी जसो तसो दाउरा खोजेर चिता बनाउदा साँझको ६ बजिसकेको थियो । अब छिटो छिटो गरेर लास जलाउने तर्फ लाग्यौ । समय बित्दै जादा रातीको ११ बजिसकेको थियो। अब विधीको विधान अनुसार काज क्रिया कस्ले गर्ने छलफल गर्दै उनका नजिकका सन्तानलाई बल्ल तल्ल मनायौ ।

कपाल खुर्केर घर लिएर आयौँ । घरमा जसो तसो गरि मेसो मिलाउदा लगभग उज्यालो भयो । बीचरा ती बुढा बुढीले पनि आफ्ना सन्तान भोका नाङ्गा होलान भनेर आफ्नो तागतले सक्दा सम्म आफ्नो अर्काको काम गरेर भएपनि आफ्ना सन्तान भोको नाङ्गोबाट बचाएर हुर्काएका होलान नि । आखिर आफ्ना सन्तान हुदा हुँदै पनि अर्को मान्छे खोजेर काज क्रीया गर्नु पर्ने भयो । केही दिनपछि छोराहरु पनि आइपुगे र आफ्नो नियम अनुसार आमाको काज क्रिया गरे । तर त्यो लगन पछीको पोतेको के काम भने जस्तै भयो ।

के गर्नु ? यो गरिबीले गर्दा कतिपय सन्तान हरुले आफ्नै जन्म अनि कर्म दिने बाबा आमाको जिउदो मुख सम्न पनि हेर्न पाउँदैनन । कतिपय सन्तानहरुले बाबा आमा साथमै भए पनि बृद्ध भएपछि उनीहरुको वास्ता गर्दैनन । कतिपय सन्तानहरुले आफ्नो बाल्यकालमा आमा बाबा गुमाउनु पर्छ । आखिर के रहेछ त ? हामी मानव जातिको जिन्दगी ? फेरि किन यती धेरै स्वार्थी बनेका छौ हामी ? कस्को लागि ? केको लागि?

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...