News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जुम्रिका २ घरमा नगद र गरगहना चोरी

झुलेनी पोष्ट२०७८ माघ २०
१५७८ पटक
२०७८ माघ २०

प्यूठान नगरपालिका ४ र ३ वडाका २ घरमा चोरी भएको छ । बुधवार राती आयुष्मा होटल नजिकै रहेको सागर गुप्ता र जुम्रि बजार खोला नजिकै रहेको सन्जिव सुनारको घरमा चोरी भएको हो । मल्लरानी गाउँपालिका ४ बुढाचौर बस्ने सुनारको घर जुम्रिबाट नगद रु. २ लाख सहित ८ तोलाभन्दा बढी सुन चोरी भएको प्रहरीले जनाएको छ ।

सुनार बिहिवार आमाको तिथी भएको कारण बुधवार बेलुका बुढाचौर घरमा गएका थिए । घरमा कोहिँ नभएको मौका छोपी गेट र कोठाको चावी सरिया र हसिया (खुर्पा) ले तोडेको छ । चोरी गर्ने ब्यक्तिले सरिया र हसिया चोरी गर्ने ठाउँमै छोडेको छ भने उसले प्रयोग गर्ने ब्लुटुथ स्पिकर पनि छोडेको प्रहरीले भेटाएको छ ।

सागर गुप्ताको घरबाट के के चोरीयो भन्ने एकिन भएको छैन । गुप्ता बुधवारका दिन बिरगन्ज घरमा गएका थिए । उनको घरमा प्रहरीले बाहिरबाट उनी नआउन्जेसम्मका लागि बाहिरबाट ताला लगाइदिएको छ । दुबै घरमा घर मालिक नभएको मौका छोपेर चोरी भएकोले चिनेजानेको र नजिकैको ब्यक्तिबाट चोरी भएको हुनसक्ने स्थानीय र प्रहरीको अनुमान छ ।

चोरी गर्ने ब्यक्तिले छोडेका सामग्रि र घर वरपर राखेका सिसी टिभि क्यामेरा राखेका ठाउँको निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...