News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जुम्रिका २ घरमा नगद र गरगहना चोरी

झुलेनी पोष्ट२०७८ माघ २०
१४६७ पटक
२०७८ माघ २०

प्यूठान नगरपालिका ४ र ३ वडाका २ घरमा चोरी भएको छ । बुधवार राती आयुष्मा होटल नजिकै रहेको सागर गुप्ता र जुम्रि बजार खोला नजिकै रहेको सन्जिव सुनारको घरमा चोरी भएको हो । मल्लरानी गाउँपालिका ४ बुढाचौर बस्ने सुनारको घर जुम्रिबाट नगद रु. २ लाख सहित ८ तोलाभन्दा बढी सुन चोरी भएको प्रहरीले जनाएको छ ।

सुनार बिहिवार आमाको तिथी भएको कारण बुधवार बेलुका बुढाचौर घरमा गएका थिए । घरमा कोहिँ नभएको मौका छोपी गेट र कोठाको चावी सरिया र हसिया (खुर्पा) ले तोडेको छ । चोरी गर्ने ब्यक्तिले सरिया र हसिया चोरी गर्ने ठाउँमै छोडेको छ भने उसले प्रयोग गर्ने ब्लुटुथ स्पिकर पनि छोडेको प्रहरीले भेटाएको छ ।

सागर गुप्ताको घरबाट के के चोरीयो भन्ने एकिन भएको छैन । गुप्ता बुधवारका दिन बिरगन्ज घरमा गएका थिए । उनको घरमा प्रहरीले बाहिरबाट उनी नआउन्जेसम्मका लागि बाहिरबाट ताला लगाइदिएको छ । दुबै घरमा घर मालिक नभएको मौका छोपेर चोरी भएकोले चिनेजानेको र नजिकैको ब्यक्तिबाट चोरी भएको हुनसक्ने स्थानीय र प्रहरीको अनुमान छ ।

चोरी गर्ने ब्यक्तिले छोडेका सामग्रि र घर वरपर राखेका सिसी टिभि क्यामेरा राखेका ठाउँको निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...