News Portal

रेडियो सुन्नुहोस्

विद्यालय संचालनमा आएसँगै सरुमारानी गाउँपालिका शिक्षा शाखाद्धारा अनुगमन

झुलेनी पोष्ट
११६३ पटक

सरुमारानी गाउँपालिकाले विद्यालय खुलेसँगै अनुगमन कार्यलाई तिव्रता दिएको छ ।

कोरोना भाईरस संक्रमणका कारण विगत एक महिना देखी देशभरका विद्यालयहरु बन्द रहेका थिए । गाउँपालिकाले विभिन्न वडामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन कार्य थालेको हो ।

सरुमारानी गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्पलाल शाहीको नेतृत्वमा सरुमारानी गाउँपालिका वडा नं. ६ मा रहेका विद्यालयहरु ऐश्वर्य प्रा.वि. भिङग्रीखोला, भुवनेश्वरी प्रा.वि पाङवाङ र सरुमारानी मा.वि बुढिचौरमा अनुगमन तथा सोही विद्यालयका शिक्षकहरु संग अन्तरक्रिया समेत गरेको शाहीले बताएका छन् ।

साथै आगामी दिनमा निरन्तर रुपमा गाउँपालिका अन्र्तगतका सबै विद्यालयहरुको अनुगमन गरिने शिक्षा शाखा अधिकृत शाहीले बताएका छन् ।

एक महिना पछि विद्यालय आउन पाउँदा उपस्थित विद्यार्थीहरु उत्साहित देखिन्थे । विद्यालय खुल्यो भन्ने जानकारी नभएका कारण पहिलेको तुलनामा विद्यार्थीको उपस्थिती कम देखिएको शाहीले झुलेनी पोष्टलाई जानकारी दिए ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि विकासमा जोड दिने, आर्थिक तथा भौतिक व्यवस्थापनमा सुधार गर्न अनुगमन समितीले निर्देशन दिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...