News Portal

रेडियो सुन्नुहोस्

विद्यालय संचालनमा आएसँगै सरुमारानी गाउँपालिका शिक्षा शाखाद्धारा अनुगमन

झुलेनी पोष्ट
१४११ पटक

सरुमारानी गाउँपालिकाले विद्यालय खुलेसँगै अनुगमन कार्यलाई तिव्रता दिएको छ ।

कोरोना भाईरस संक्रमणका कारण विगत एक महिना देखी देशभरका विद्यालयहरु बन्द रहेका थिए । गाउँपालिकाले विभिन्न वडामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन कार्य थालेको हो ।

सरुमारानी गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्पलाल शाहीको नेतृत्वमा सरुमारानी गाउँपालिका वडा नं. ६ मा रहेका विद्यालयहरु ऐश्वर्य प्रा.वि. भिङग्रीखोला, भुवनेश्वरी प्रा.वि पाङवाङ र सरुमारानी मा.वि बुढिचौरमा अनुगमन तथा सोही विद्यालयका शिक्षकहरु संग अन्तरक्रिया समेत गरेको शाहीले बताएका छन् ।

साथै आगामी दिनमा निरन्तर रुपमा गाउँपालिका अन्र्तगतका सबै विद्यालयहरुको अनुगमन गरिने शिक्षा शाखा अधिकृत शाहीले बताएका छन् ।

एक महिना पछि विद्यालय आउन पाउँदा उपस्थित विद्यार्थीहरु उत्साहित देखिन्थे । विद्यालय खुल्यो भन्ने जानकारी नभएका कारण पहिलेको तुलनामा विद्यार्थीको उपस्थिती कम देखिएको शाहीले झुलेनी पोष्टलाई जानकारी दिए ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि विकासमा जोड दिने, आर्थिक तथा भौतिक व्यवस्थापनमा सुधार गर्न अनुगमन समितीले निर्देशन दिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...