News Portal

रेडियो सुन्नुहोस्

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि

तेजेन्द्र बि. एम.२०७८ फागुन ४
११६३ पटक
२०७८ फागुन ४

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार,यातायात विद्यालय बन्द छन । मंगलबार ५ कम्यूनिष्ट पार्टी र १ मोर्चाको संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेको थियो ।

बन्दको प्रभाव संगै प्युठानबाट छुट्ने लामो दुरिका गाडि तथा छोटो दुरिका कुनैपनि गाडिहरु चलेका छै्रनन् । एम्बुलेन्स, तरकारीका गाडि,छोटो दुुरिमा चल्ने बाइक तथा स्कुटी भने फाट्टफुट्ट चलेका छन् । प्यूठानको व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुम्रिका पसलहरु पनि खुलेका छैनन् । बिहानै देखि सुरक्षाकर्मीहरु ठाउँठाउँमा स्कटिङमा खटिरहेका छन् ।

एम सि सी सदनबाट पास हुन नदिन नेपाल बन्दको आवाहान गरेको विज्ञप्तीमा उल्लेख छ । बन्द सफल पार्नका लागि एमसिसीको विरोधका लागि आज बिहान १० बजे जुम्रि बजारमा सडक संवाद कार्यक्रम आयोजना गरिएको युवा संघ लुम्वीनी प्रदेशका संयोजक आकासले बताएका छन ।

विप्लप नेतुत्व नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त जनगनतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी यि ६ दलले नेपाल बन्दको आह्वान गरेको हो । बुधबार बोलाइएको संसद बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेवुल गर्ने र पारित गर्ने प्रयास गरेको भन्दै बन्दको आह्वान गरिएको छ ।

बन्दमा अहिले सम्म कुनै किसिमको घटना नभएको र समस्यामा परेका यात्रुहरुका लागि स्कटिङको व्यवस्था गरी गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाले झुलेनी पोष्टलाई जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...