News Portal

रेडियो सुन्नुहोस्

पोषण सुधारका लागि चल्ला वितरण

सुजाता थापा क्षेत्री२०७८ फागुन १२, प्युठान
७०२ पटक
२०७८ फागुन १२, प्युठान

सरुमारानी गाउपालिकाको ६ वटै वडाहरुमा बुधबार सुनौलो १ हजार दिनका आमाहरूलाई पोषण सुधारमा सहयोग गर्ने उदेश्यले उनीहरुलाई कुखुराको चल्ला वितरण भएको छ।
गाउँपालिकाको आ. व. २०७८/०७९ को वार्षिक स्वीकृत बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत प्रत्येक वडाहरुमा ३०/३० जनाको दरले १८० आमाहरुलाई ५/५ वटाका दरले ९ सय कुखुराको चल्ला वितरण गरिएको पशु सेवा शाखा प्रमुख केशब गिरिले बताए ।
उनका अनुसार सुनौलो १ हजार दिन अन्तर्गत गर्भावस्थाको ९ महिना अर्थात २७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात ७३० दिनको अवधिलाई सुनौलो हजार दिन ( आमा र बच्चाको गोल्डेन डे) मानिने उनको भनाइ छ।
उक्त कार्यक्रम प्रत्येक वडामा सोहि वडाको वडाध्यक्षको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...