News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा फागुन ३ बाट सुरु भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सम्पन्न

सुजाता थापा क्षेत्री२०७८ फागुन १३, प्युठान
१११८ पटक
२०७८ फागुन १३, प्युठान

प्युठानमा फागुन ३ गते मंगलबार देखी सुरु भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर आज सकिएको छ।
प्युठान जिल्लाका नौ वटै स्थानिय तहहरु समेटिने गरि सञ्चालन भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा जिल्लाभरका २० जनाले स्थायी बन्ध्याकरण गरेका छन्। जसमध्ये १६ जना महिलाले मिनिल्याप र ४ जना पुरुषले भ्यासेक्टोमी गरेको पब्लिक हेल्थ नर्स रिता न्यौपानेले जानकारी दिइन । देविस्थान स्वास्थ्य चौकीमा संचालित शिविरमा माण्डवी गाउँपालिकाका २ जना महिलाले मिनिल्याप स्थायी बन्ध्याकरण गरेका छन् । त्यस्तै नौबहिनी गाउँपालिकामा १ जना महिला,गौमुखी गाउँपालिकामा १ जना महिला र १ जना पुरुषले स्थायी बन्ध्याकरण गरेका छन।

झिमरुक गाउँपालिकामा ३ जना महिला र २ जना पुरुषले स्थायी बन्ध्याकरण गरे भने ऐरावति गाउँपालिकामा ४ महिला र १ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको आयोजकले जनाएको छ। प्युठान नगरपालिकामा ५ जना महिलाले स्थायी बन्ध्याकरण गरेको बताईएको छ। सरुमारानी गाउँपालिका,मल्लरानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा परिवार नियोजन गर्नेको संख्या शून्य भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र सुनौलो परिवार नेपालको सहयोगमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...