News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा फागुन ३ बाट सुरु भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सम्पन्न

सुजाता थापा क्षेत्री२०७८ फागुन १३, प्युठान
९६६ पटक
२०७८ फागुन १३, प्युठान

प्युठानमा फागुन ३ गते मंगलबार देखी सुरु भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर आज सकिएको छ।
प्युठान जिल्लाका नौ वटै स्थानिय तहहरु समेटिने गरि सञ्चालन भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा जिल्लाभरका २० जनाले स्थायी बन्ध्याकरण गरेका छन्। जसमध्ये १६ जना महिलाले मिनिल्याप र ४ जना पुरुषले भ्यासेक्टोमी गरेको पब्लिक हेल्थ नर्स रिता न्यौपानेले जानकारी दिइन । देविस्थान स्वास्थ्य चौकीमा संचालित शिविरमा माण्डवी गाउँपालिकाका २ जना महिलाले मिनिल्याप स्थायी बन्ध्याकरण गरेका छन् । त्यस्तै नौबहिनी गाउँपालिकामा १ जना महिला,गौमुखी गाउँपालिकामा १ जना महिला र १ जना पुरुषले स्थायी बन्ध्याकरण गरेका छन।

झिमरुक गाउँपालिकामा ३ जना महिला र २ जना पुरुषले स्थायी बन्ध्याकरण गरे भने ऐरावति गाउँपालिकामा ४ महिला र १ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको आयोजकले जनाएको छ। प्युठान नगरपालिकामा ५ जना महिलाले स्थायी बन्ध्याकरण गरेको बताईएको छ। सरुमारानी गाउँपालिका,मल्लरानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा परिवार नियोजन गर्नेको संख्या शून्य भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र सुनौलो परिवार नेपालको सहयोगमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...