News Portal

रेडियो सुन्नुहोस्

ड्रोन उडाएर मनाइयो विश्व क्षयरोग दिवस प्यूठानमा

बाेम बहादुर परियार २०७८ चैत १०, प्यूठान
१११२ पटक
२०७८ चैत १०, प्यूठान

आज विश्व क्षयरोग दिवस प्यूठानमा  विभिन्न कार्यक्रम गरी मनाईएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जिवन बचाऔँ, भन्ने मुल नारा सहित दिवस मनाईएको होे । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना, बि. एन.एम.टी. तथा किड्स नेपालको सहयोगमा स्वर्गद्धरारी नगरपािलका ४ गोठीबाङ्ख स्थित विद्यानन्द मावी जुडापाटामा विद्यार्थीहरुलाई क्षयरोग सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्दै दिवस मनाइएको छ ।

गोठीबाङ्ख स्वास्थ्य चौकीको सहयोगमा स्वास्थ्य स्वयंसेविका, बिभिन्न आमा समूह र स्थानीयहरुलाई क्षयरोग सम्बन्धी जानकारी गराइएको थियो । खक्क खोकी, क्षयरोग पो होकी ? भन्ने कुरालाई आम नागरीकहरुल बुझाउदै क्षयराेग लामाे समय सम्म खोकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गई आफ्नो क्षयरोग जाँच गर्न स्वास्थ्य कार्यालय प्यूठान प्रयोगशाला विभागका परशुराम पोख्रेलले आग्रह गरेका थिए ।

जिल्लामा अहिले क्षयरोगका बिरामीहरु पत्ता लगाउनको लागी २ वटा संस्थाहरुले काम गर्दै आईरहेका छन् । बि.एन. एम. टि. र किड्स नेपालको उल्लेखनीय भुमिका रहेको पोख्रेलले बताए ।
त्यस्तै कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक चुरामणी पोख्रेल, वडा अध्यक्ष नर बहादुर बि. एम., स्वास्थ्य कार्यालयका मिन बहादुर वस्नेत, बि.एन.एम.टी.नेपालका प्रमुख अक्लेस कुमार झाँ, किड्स नेपाल प्यूठानका सुमन पन्तको उपस्थिती रहेको थियो । जिल्लामा टि.वीको बिरामीहरु पत्ता लगाउँनका लागि ड्रोनको समेत भुमिका रहेकाले ड्रोन उडाएर कार्यक्रमको उद्घाटन समेत गरिएको थियो ।

जिल्लामा चालु आर्थिक वर्षमा २ सय ४० जना नयाँ क्षयरोगका बिरामीहरु थपिएको स्वास्थ्य कार्यलय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काले जानकारी दिए । गाेठिबाङमा भएकाे कार्यक्रममा
स्वास्थ्य कार्यलय प्यूठानका प्रयोगशाला बिभागका प्रमुख परशुराम पोख्रेलको अध्यक्षता र स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...