News Portal

रेडियो सुन्नुहोस्

ड्रोन उडाएर मनाइयो विश्व क्षयरोग दिवस प्यूठानमा

बाेम बहादुर परियार २०७८ चैत १०, प्यूठान
९२० पटक
२०७८ चैत १०, प्यूठान

आज विश्व क्षयरोग दिवस प्यूठानमा  विभिन्न कार्यक्रम गरी मनाईएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जिवन बचाऔँ, भन्ने मुल नारा सहित दिवस मनाईएको होे । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना, बि. एन.एम.टी. तथा किड्स नेपालको सहयोगमा स्वर्गद्धरारी नगरपािलका ४ गोठीबाङ्ख स्थित विद्यानन्द मावी जुडापाटामा विद्यार्थीहरुलाई क्षयरोग सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्दै दिवस मनाइएको छ ।

गोठीबाङ्ख स्वास्थ्य चौकीको सहयोगमा स्वास्थ्य स्वयंसेविका, बिभिन्न आमा समूह र स्थानीयहरुलाई क्षयरोग सम्बन्धी जानकारी गराइएको थियो । खक्क खोकी, क्षयरोग पो होकी ? भन्ने कुरालाई आम नागरीकहरुल बुझाउदै क्षयराेग लामाे समय सम्म खोकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गई आफ्नो क्षयरोग जाँच गर्न स्वास्थ्य कार्यालय प्यूठान प्रयोगशाला विभागका परशुराम पोख्रेलले आग्रह गरेका थिए ।

जिल्लामा अहिले क्षयरोगका बिरामीहरु पत्ता लगाउनको लागी २ वटा संस्थाहरुले काम गर्दै आईरहेका छन् । बि.एन. एम. टि. र किड्स नेपालको उल्लेखनीय भुमिका रहेको पोख्रेलले बताए ।
त्यस्तै कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक चुरामणी पोख्रेल, वडा अध्यक्ष नर बहादुर बि. एम., स्वास्थ्य कार्यालयका मिन बहादुर वस्नेत, बि.एन.एम.टी.नेपालका प्रमुख अक्लेस कुमार झाँ, किड्स नेपाल प्यूठानका सुमन पन्तको उपस्थिती रहेको थियो । जिल्लामा टि.वीको बिरामीहरु पत्ता लगाउँनका लागि ड्रोनको समेत भुमिका रहेकाले ड्रोन उडाएर कार्यक्रमको उद्घाटन समेत गरिएको थियो ।

जिल्लामा चालु आर्थिक वर्षमा २ सय ४० जना नयाँ क्षयरोगका बिरामीहरु थपिएको स्वास्थ्य कार्यलय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काले जानकारी दिए । गाेठिबाङमा भएकाे कार्यक्रममा
स्वास्थ्य कार्यलय प्यूठानका प्रयोगशाला बिभागका प्रमुख परशुराम पोख्रेलको अध्यक्षता र स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...