News Portal

रेडियो सुन्नुहोस्

पुरानै जनप्रतिनिधि दोहोरीने चर्चा

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै

झुलेनी नेटवर्क२०७८ चैत १५, प्यूठान
१३४८ पटक
२०७८ चैत १५, प्यूठान

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा प्यूठानका चोक, पसल र गाउँ बजारमा सम्भावित उम्मेदवारको नामबारे चर्चा हुन थालेको छ  । जिल्लाका ९ वटा स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा पुरानै जनप्रतिनी दोरोरीने चर्चा छ । यद्यपी, अहिलेसम्म प्यूठानमा क्रियाशिल ठूला राजनीति दलहरूले उम्मेदवारको नाम घोषणा गरिसकेका छैनन् ।

पार्टीले टिकट दिएपछि नगरपालिका,गाउँपालिकाको नेतृत्व गरेका पुनानै जनप्रतिधिहरुले दोहोरी चाहाना राखेका छन् । जिल्लाका ६४ वटा वटामा वडाअध्यक्षहरु पुरानै दोहोरी सम्भावना धेरै छ । दलहरूले अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगरे पनि स्थानीय तहहरूमा वडादेखि प्रमुख सम्मको पदमा उम्मेदवार बन्नेहरुको नाम तिनका कार्यकर्ताहरूले चर्चामा ल्याइरहेका छन् । धेरैले पुरानै जनप्रतिनिधिलाई पुनःदोहो¥याउने मनसायले चर्चा चलाएका छन् । कतिपयले नयाँलाई मौका दिनेसम्मका चर्चा छन् । नौंबहिनी गाउँपालिकामा नेपाली कांग्रेसले नयाँ उम्मेदवार देविराम पुनलाई उम्मेदवारी बनाउने चर्चा छ । मल्रानीमा राजमोले पार्टी अध्यक्ष कृष्ण खड्कालाई नयाँ उम्मेदवार बनाउन सक्ने चर्चा छ । यस्तै प्यूठान नगरपालिकामा माओबादी केन्द्रले नयाँ उम्मेवार विष्णु योगीलाई उठाउने चर्चा चलाएको छ । स्वर्गद्वारी नगरपालिकामा एमालेले नगरपालिका कमिट अध्यक्ष रामप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाउन सक्ने चर्चा छ । अन्य स्थानीय तहहरुमा पुरानै होरोरिन सक्ने धेरैले अड्कल काटेका छन् ।

जिल्लामा नेकमा एमाले, नेपाली कांग्रेस, राजमो, माओवादी केन्द्र मुख्य राजनीति शक्ति हुन् । यी दलहरुबिच चुनावी गठबन्धन कसरी हुन्छ भन्ने काराणले पनि दलहरुले अन्तिम उम्मेदवारहको नाम सार्वजनिक गर्न सकेका छैनन् । गत स्थानीय तहको निर्वाचनमा ९ वटा स्थानीय तह मध्य नेकपा एमाले तीन, नेपाली कांग्रेस तीन, राजमोले २ र माओबादी केन्द्रले १ स्थानीय तहमा प्रमुख पदमा जितहात पारेका थिए । ६४ वडामध्य नेकपा एमालेले सबै भन्दा धेरै २४ वडामा जित हात पारेको थियो । पहिले भन्दा थप स्थानीय तहहरुमा नेतृत्व र वडाहरुमा वडाध्यक्ष पदको जित हात पार्नुपर्छ भनेर दलहरुले निर्वाचन केन्दित अभियान अगाडी बढाएका छन् । मतदातालाई पार्टीमा प्रवेश गराउने पार्टीहरुमा होडनै चलनेको छ । नेता देखि कार्यकर्ताहरुले चलाउने सामाजिक सञ्चाल पार्टी प्रवेशका तस्बिरहरुले भरिएका छन् ।

सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वमाले पार्टीले जिम्मेवारी दिए पुनःजनताको सेवा गर्ने सक्ने बताए । ‘उम्मेदवार कस्लाइ बनाउने भन्ने मुख्य कुरा संगठनको हो,’ उनले भने, ‘पार्टीले जिम्मेवारी दिइए निश्चय नै पूरा गर्नपर्छ ।’ नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेको विश्वकर्मालाई सरुमारानी क्षेत्रका एमाले कार्यत्रकर्ताले पुनःअध्यक्षयमै दोहो¥याउनु पर्ने बताउँदै आएका छन् । माण्डवी गाउँपालिकामा पनि पुनः श्रीधर रोका नै उम्मेवार बन्न सक्ने एमाले स्रोत बताउँछ । यस्तै झिमरुक गाउँपालिकामा राजमोले गाउँपालिका अध्यक्ष तिलक जीसीलाइ नै उम्मेवार बनाउन सक्ने राजमोमा चर्चा छ । गौमुखीमा पुनः विष्णुकुमार गिरीनै उम्मेदवार बन्ने कांग्रेस स्रोतको दावि छ ।

जिल्ला सदरमुकाम रहेको मल्लरानी गाउँपालिकामा नेकपा एमालेले पालिका कमिटि अध्यक्ष शुनिल शाही लेकाली, पशुपति नकर्मी, दिनेश केसील मध्य एक जनलाई अध्यक्षमा उठाउने एमाले कार्यकर्ता बताउँंछन् । मल्लरानीमा नेपाली काग्रेसले रमेश श्रेष्ठ, बिजय, श्रेष्ठ मध्य एक जना लाइ अध्यक्षमा उठाउने गरि तयारी थालेको मल्लरानी काग्रेस स्रोतले बतायो ।

गौमुखी गाउँपालिकामा एमालेले जुमान सिङ जीसी, टुक बहादुर केसी, ज्ञानुमाया केसी मध्य एक जना, राजमोले विदुर मल्ल, ज्ञानुराम न्यौपाने मध्य एक, माओबादी केन्द्रले महाबिर राना, मानबहादुर थापा मध्य एकजान को चर्चा छ । स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेसले यस अघि मेयरमा उठाएको टेकप्रसाद भण्डारीलाइनै पुनःमेयर पदमा उठाउन सक्ने कांग्रेस स्रोतको बताउँछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...