News Portal

रेडियो सुन्नुहोस्

शिक्षक महासंघको विज्ञप्ती प्रति एमालेको ध्यानाकर्षण

झुलेनी नेटवर्क २०७८ चैत २४ प्युठान
१३१७ पटक
२०७८ चैत २४ प्युठान

जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको विषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। गाउँपालिकाका अध्यक्ष सुनिल शाही (लेकाली)द्धारा हस्ताक्षरित विज्ञप्तीमा नेकपा (एमाले) मल्लरानी गाउँपालिका सचिव नोमराज पौडेललाई जोडेर नेपाल शिक्षक महासंघ मल्लरानी गाउँपालिका समितीले निकालेको विज्ञप्ती प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।

पार्टीका सचिव नोमराज पौडेलले आफ्नो स्थानिय विद्यालयको विषयमा प्रधानाध्यापकका कारण सिर्जना भएको समस्याको विषयमा सामाजिक सञ्जालमा राख्नु, मिडियामा आउनु स्वभाविक भएकाे बताएका छन।

विद्यालयको प्रधानाध्यापकले विधि र पद्धति नै मिचेर पार्टीको कार्यक्रता बनेर विद्यालय चलाएको विषय त्यहाँको घटनाक्रमबाट पुष्टि हुने भन्दै शिक्षक महासंघले शिक्षकलाई समस्या समाधानमा सुझाव दिनुको साटो ढाकछोप गरि विज्ञप्ती निकालेर बिद्यालयको समस्यालाई जटिल बनाउने वातावरण सिर्जना गरेको आरोप लगाएको छ।

शिक्षा क्षेत्रमा रहेका ३ जना बिज्ञहरुले नतिजा प्रकाशन गरि कार्यालय सहयोगी पदमा सिफारिस भई सुचना पार्टीमा सुचना टाँस गरि दैनिक रुपमा विद्यालयमा गएका कार्यालय सहयोगीको विषयमा शिक्षक महासंघ नबोल्नु निकै पुर्वाग्रहपुर्ण र गम्भिर विषय भएको विज्ञप्तीमा उल्लेख छ।
विद्यालय सहयोगी जस्तो सवेदनशिल पदमा महिनौं विबाद प्रधानाध्यापकले गरेर सफल उम्मेद्वारलाई हाजिर नगराई अमानविय व्यवहार प्रकट गरेको विज्ञप्ती मार्फत ठहर गरेको छ।

विद्यालयको सामाजिक परिक्षण तथा लेखा परिक्षण गर्न गराउन नसक्नु ,प्रधानाध्यापक भएको करिव १ बर्ष सम्म बंैंक खाता बदल्न नसक्नु , ३ जना छनौट समितिले नतिजा प्रकाशन गर्दा प्रधानाध्यापकले हस्ताक्षर नगर्नु, अध्यक्षको अपमान गर्नु, अध्यक्षको निर्देशन नमान्नु , अभिभावक भेला नबोलाउनु, बालबालिकालाई कार्यालय सहयोगीले गर्नुपर्ने काम लगाउनु र गैर जिम्मेवारीपुर्ण व्यवहार प्रकट गरेर असक्षमता प्रकट गरेकोले राजिनामा समेत मागेको छ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...