News Portal

रेडियो सुन्नुहोस्

शिक्षक महासंघको विज्ञप्ती प्रति एमालेको ध्यानाकर्षण

झुलेनी नेटवर्क २०७८ चैत २४ प्युठान
१९९८ पटक
२०७८ चैत २४ प्युठान

जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको विषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। गाउँपालिकाका अध्यक्ष सुनिल शाही (लेकाली)द्धारा हस्ताक्षरित विज्ञप्तीमा नेकपा (एमाले) मल्लरानी गाउँपालिका सचिव नोमराज पौडेललाई जोडेर नेपाल शिक्षक महासंघ मल्लरानी गाउँपालिका समितीले निकालेको विज्ञप्ती प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।

पार्टीका सचिव नोमराज पौडेलले आफ्नो स्थानिय विद्यालयको विषयमा प्रधानाध्यापकका कारण सिर्जना भएको समस्याको विषयमा सामाजिक सञ्जालमा राख्नु, मिडियामा आउनु स्वभाविक भएकाे बताएका छन।

विद्यालयको प्रधानाध्यापकले विधि र पद्धति नै मिचेर पार्टीको कार्यक्रता बनेर विद्यालय चलाएको विषय त्यहाँको घटनाक्रमबाट पुष्टि हुने भन्दै शिक्षक महासंघले शिक्षकलाई समस्या समाधानमा सुझाव दिनुको साटो ढाकछोप गरि विज्ञप्ती निकालेर बिद्यालयको समस्यालाई जटिल बनाउने वातावरण सिर्जना गरेको आरोप लगाएको छ।

शिक्षा क्षेत्रमा रहेका ३ जना बिज्ञहरुले नतिजा प्रकाशन गरि कार्यालय सहयोगी पदमा सिफारिस भई सुचना पार्टीमा सुचना टाँस गरि दैनिक रुपमा विद्यालयमा गएका कार्यालय सहयोगीको विषयमा शिक्षक महासंघ नबोल्नु निकै पुर्वाग्रहपुर्ण र गम्भिर विषय भएको विज्ञप्तीमा उल्लेख छ।
विद्यालय सहयोगी जस्तो सवेदनशिल पदमा महिनौं विबाद प्रधानाध्यापकले गरेर सफल उम्मेद्वारलाई हाजिर नगराई अमानविय व्यवहार प्रकट गरेको विज्ञप्ती मार्फत ठहर गरेको छ।

विद्यालयको सामाजिक परिक्षण तथा लेखा परिक्षण गर्न गराउन नसक्नु ,प्रधानाध्यापक भएको करिव १ बर्ष सम्म बंैंक खाता बदल्न नसक्नु , ३ जना छनौट समितिले नतिजा प्रकाशन गर्दा प्रधानाध्यापकले हस्ताक्षर नगर्नु, अध्यक्षको अपमान गर्नु, अध्यक्षको निर्देशन नमान्नु , अभिभावक भेला नबोलाउनु, बालबालिकालाई कार्यालय सहयोगीले गर्नुपर्ने काम लगाउनु र गैर जिम्मेवारीपुर्ण व्यवहार प्रकट गरेर असक्षमता प्रकट गरेकोले राजिनामा समेत मागेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...