News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीको नगर प्रमुखमा रोका, उपप्रमुखमा अधिकारी निर्वाचित

झुलेनि पोष्ट२०७८ चैत्र २६
१०२६ पटक
२०७८ चैत्र २६

स्वर्गद्वारि नगरपालिकाको नगर प्रमुखमा बेगम बहादुर रोका निर्वाचित भएका छन भने उप प्रमुखमा सरस्वता अधिकारी निर्वाचित भएकि छिन । स्वर्गद्वारी नगरपालिकामा युवाहरुले सञ्चालन गरेको नमुना युवा नगरसभामा उनिहरू निर्वाचित भएका हुन ।

नगरपालिका भित्रका युवाहरुले शैद्धान्तिक र प्रयोगात्मक अभ्यास गर्दै नगरसभा सञ्चालन गरेका हुन् । कार्यक्रमका सहभागी युवाहरुलाई तीन दिनसम्म प्रशिक्षण दिएपछि शनिवार नमुना युवा नगर सभा सञ्चालन गरिएको हो ।

कार्यक्रम समापनमा बोल्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले युवाहरुले सञ्चालन गरेको नमुना नगरसभाको प्रयोगात्मक अभ्यास राम्रो भएको बताए । उनले युवाहरुलाई क्षमता विकास गरेर आगामी दिनमा थप सक्रिय हुन आग्रह गरेका छन ।

राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति प्युठानका अध्यक्ष रामचन्द्र केसीले शिक्षा, व्यक्तित्व र सीपको विकास गर्दै युवालाई व्यवसाय, स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको बताए ।

उक्त कार्यक्रमले युवाहरुको व्यक्तित्व विकाससँगै नेतृत्व विकासमा सहयोग गर्ने भन्दै यो कार्यक्रम जिल्लाभर विस्तार गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रमका प्रशिक्षक अशोक खनालले नमुना युवा नगरसभा अभ्यासमा सहभागीहरु आगामी निर्वाचनमा निर्वाचित हुने गरि अघि बढ्न तालिमले क्षमता विकास गरेको बताए । आगामी दिनमा स्वर्गद्धारी नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिन समेत उहाँले सुझाव दिए।

स्वर्गद्वारी नगरपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद् जिल्ला युवा विकास समितिको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । युवाहरुको सवाल पहिचान र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजनकले जनाएको छ । कार्यक्रममा नगरपालिकाका १६ वर्षदेखि २४ वर्षसम्मका युवाहरुको सहभागिता रहेको थियो ।                                                     

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...