News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीको नगर प्रमुखमा रोका, उपप्रमुखमा अधिकारी निर्वाचित

झुलेनि पोष्ट२०७८ चैत्र २६
१७१३ पटक
२०७८ चैत्र २६

स्वर्गद्वारि नगरपालिकाको नगर प्रमुखमा बेगम बहादुर रोका निर्वाचित भएका छन भने उप प्रमुखमा सरस्वता अधिकारी निर्वाचित भएकि छिन । स्वर्गद्वारी नगरपालिकामा युवाहरुले सञ्चालन गरेको नमुना युवा नगरसभामा उनिहरू निर्वाचित भएका हुन ।

नगरपालिका भित्रका युवाहरुले शैद्धान्तिक र प्रयोगात्मक अभ्यास गर्दै नगरसभा सञ्चालन गरेका हुन् । कार्यक्रमका सहभागी युवाहरुलाई तीन दिनसम्म प्रशिक्षण दिएपछि शनिवार नमुना युवा नगर सभा सञ्चालन गरिएको हो ।

कार्यक्रम समापनमा बोल्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले युवाहरुले सञ्चालन गरेको नमुना नगरसभाको प्रयोगात्मक अभ्यास राम्रो भएको बताए । उनले युवाहरुलाई क्षमता विकास गरेर आगामी दिनमा थप सक्रिय हुन आग्रह गरेका छन ।

राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति प्युठानका अध्यक्ष रामचन्द्र केसीले शिक्षा, व्यक्तित्व र सीपको विकास गर्दै युवालाई व्यवसाय, स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको बताए ।

उक्त कार्यक्रमले युवाहरुको व्यक्तित्व विकाससँगै नेतृत्व विकासमा सहयोग गर्ने भन्दै यो कार्यक्रम जिल्लाभर विस्तार गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रमका प्रशिक्षक अशोक खनालले नमुना युवा नगरसभा अभ्यासमा सहभागीहरु आगामी निर्वाचनमा निर्वाचित हुने गरि अघि बढ्न तालिमले क्षमता विकास गरेको बताए । आगामी दिनमा स्वर्गद्धारी नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिन समेत उहाँले सुझाव दिए।

स्वर्गद्वारी नगरपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद् जिल्ला युवा विकास समितिको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । युवाहरुको सवाल पहिचान र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजनकले जनाएको छ । कार्यक्रममा नगरपालिकाका १६ वर्षदेखि २४ वर्षसम्मका युवाहरुको सहभागिता रहेको थियो ।                                                     

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...