News Portal

रेडियो सुन्नुहोस्

प्युठान नारिकोटमा मृत अवस्थामा सब भेटियो

झुलेनि पोष्ट२०७८ चैत्र २७
१२८९ पटक
२०७८ चैत्र २७

गौमुखि गाउपालिका ७ नारिकोटमा एकजनाको मृत अवस्थामा शब फेला परेको छ । अन्दाजी ४५ वर्षका स्थानीय धन बहादुर रोका शनिवार राति मृत अवस्थामा भेटिएका हुन ।
चैते दशैको निम्तोमा गौमुखि गाउपालिका ५ खुङमा निम्तो खाएर फर्केका रोका बेलुका साझसम्म दशमुरे-ढ्वाटमा देखेको स्थानीयले बताए । राति अबेरसम्म उनी घर नफर्केपछि स्थानीय र घरपरिवारले खोजतलास गर्न भनी गएका थिए ।
बाटैबाटो खोजतलास गर्ने क्रममा उनी ढ्वाटेखोला नजिकै मृत भेटिएका हुन । गाउघरमा उनको कसैसंग रिसइवि नभएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रूपमा हत्या गरिएको उनका आफन्तको आरोप छ ।
बाटो देखि केही तल लडेका उनि घोप्टो अवस्थामा फेला परेका हुन । अहिले प्रहरी र स्थानीय घटना स्थल पुगि उनको उद्वार कार्य जारि रहेको स्थानीय कोमल पुरिले जानकारि दिए । उनको पोष्टमार्टमका लागि प्युठान अस्पताल ल्याउने तयारि भइरहेको उनले बताए ।
सुनियोजित रूपमा हत्या भएको भन्दै स्थानीय र मृतकका आफन्तले प्रहरी प्रशासनलाई सत्य तथ्य छानबिनका लागि अनुरोध गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...