News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीमा ६४ उमेदवारहरुको मनोनयन दर्ता,माओवादी केन्द्रको दर्ता विवरण आउन बाँकी ।

झुलेनी नेटवर्क२०७९ वैशाख,१२ सोमवार प्यूठान
८०७ पटक
२०७९ वैशाख,१२ सोमवार प्यूठान

प्यूठानको मल्लरानी गाउँपालिकामा मनोनयन दर्ताको काम अन्तिम चरणमा पुगेको छ । करिब ६ बजे सम्म मल्लारानीमा ६४ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । जसमा पालिका अध्यक्ष पदका लागि ३ जना र पालिका उपाध्यक्ष पदका लागि ३ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।
त्यस्तै वडा नं. १ र ४ मा वडा अध्यक्ष पदका लागि ३ जना,वडा नं.२,३ र ५ मा२÷२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । यस्तै वडा सदस्य पदका लागि २,३र५ मा २÷२ जना महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।
यस्तै दलित तथा खुल्ला सदस्य पदका लागि पालिकाका सबै वडामा २÷२ जना दलित महिलाहरुले उम्मेदवार दर्ता गराएका छन । खुला सदस्य पदका लागि वडा नं.१ मा ६ जना,२ र ३ मा ४÷४ जना,४ र ५ मा ५÷५ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । नेकपा माओवादी केन्द्रतर्फ उम्मेदवारहरुको मनोनयन दर्ताको काम चलिरहेको छ, मल्लारानी गाउँपालिकाका निर्वाचन अधिकृत श्यामलाल घिमिरे बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...