News Portal

रेडियो सुन्नुहोस्

विश्व औलो दिवस प्यूठानमा पनि मनाईयो

झुलेनी पोष्ट२०७८ बैशाख १२
१५८१ पटक
२०७८ बैशाख १२

आज विश्व औलो दिवस । प्यूठानमा विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । प्रदेश सरकार लुम्विनी प्रदेश निर्देशनालय स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र स्वर्गद्धारी नगरपालिकाको समन्वयमा दिवस कार्यक्रम गरिएको हो ।

प्यूठानमा २०७६, देखि ०७८ सम्म गरी ३ वर्षको समयावधीमा १६ जना व्यक्तिमा औलो रोग देखा परेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो । सोही दिनको स्मरणमा स्वास्थ्य कार्यलय प्यूठानले पनि विश्व औलो दिवस मनाएको हो ।

यो वर्ष औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जिवन बचाऔं भन्ने नाराका साथ प्यूठान सहित नेपालमा पनि विश्व औलो दिवस मनाईएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । औलोविरुद्ध जनचेतना जगाउने उद्देश्यले सोमवार प्यूठान सहित देशभर विविध जनचेलनामूलक कार्यक्रमको आयोजना गरिएको थियो ।

औलो नेपालको प्राथमिकता एकमा पर्ने जनस्वास्थ्य समस्या हो । नेपालमा हालसम्म पनि बर्षेनी करिब २ हजार जति प्रयोगशाला प्रमाणित औलो रोगी भेटिएको जनाइएको छ । संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोगबाट गर्भवति महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा रहेको पाईएको छ ।

संसारभर पाइने औलो परजिविमध्ये २ परजिविहरु प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातको परजिवि मात्र नेपालमा पाइने चिकित्सकले बताएका छन् ।

यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपेरम परजिविले सार्ने औलो रोग बढी कडा र खतरनाक हुने विज्ञको दाबी छ । यो नेपालमा रहेको जम्मा औलो संक्रमण संख्याको १७ देखी २० प्रतिशतमा पाइन्छ । सरकारले नेपालमा औलो उन्मूलन गर्न २०२५ सम्मको दिर्घकालिन रणननिती लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...