News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु

बोम बहादुर परियार२०७९ बैशाख १५
२००० पटक
२०७९ बैशाख १५

प्यूठान जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु भएको छ । मुखबाट पाईप राखेर पेट भित्रको अवस्था पत्ता लागाउने इन्डोस्कोपी सेवा सुचारु गरिएकाे हाे । ग्यास्ट्रिक, अल्सर, क्यान्सर जस्ता पेट भित्रका रोगहरुको अवस्था थाहा पाउनका लागि जिल्लामा पहिलो पटक यो सेवा सुचारु गरिएको हो । सेवा सुरु भएको पहिलो दिन आज प्यूठान अस्पतालबाट प्यूठान नगरपालिका ४ की पुतली सुनारले सेवा लिनुभएको छ ।

सेवा सुरु गरिए सङ्गै बुटवल, काठमाण्डौ पुग्नुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । जिल्लामै स्तरिय सेवा पाउँदा सुनारले आफुलाई निकै खुसी लागेको बताईन । सर्जन डाक्टर युगल ज्योती नेपालले प्यूठान जिल्लामा पहिलो पटक आफुले इन्डोस्कोपी सेवा दिएको बताएका छन् । इन्डोस्कोपी सेवा प्यूठान अस्पतालबाट हप्ताको दुई दिन र इमर्जेन्सी अवस्थामा यो सेवा निरन्तर दिने समेत बताएका छन् ।

त्यस्तै खाना नलीको अवस्था, पेट भित्रको अवस्था, पेटमा मासु पलाएको, क्यान्सर, अल्सर, धेरै मादक पदार्थ सेवन गर्ने व्यक्तिको रगत नलीको अवस्था जान्न, खानेकुरा पेट नलीमा अड्किएको अवस्था र ग्यास्ट्रिकको किराको जाँच लगाएतका समस्या सजिलै पत्ता लगाउनका लागि अत्याधुनिक उपकरण सहित यो सेवा सुचारु गरिएको हो ।

साथै मुखबाट अमिलो पानी आउने, खाना नपच्ने, पेट फुल्लिने जस्ता समस्या भएका विरामीहरुले यो सेवा लिन आवाश्यक रहेको डा. नेपालले बताएका छन् । प्यूठान अस्पतालका दुई विशेषज्ञ डाक्टरहरु सर्जन युगल ज्योती नेपाल र फिजिसियन सुदिप अधिकारीबाट इन्डोस्कोपी सेवा दिइने प्यूठान अस्पतालले जनाएको छ ।

जिल्लामा ५० सैयाको अस्पतालबाट हाल स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, हाड जोर्नि तथा नशा रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, इन्टरनल मेडिसिन विशेषज्ञ सेवा, इन्डोसकोपी सेवा, फिजियो थेरापी सेवा, इमर्जेन्सिी सेवा, अन्तरङ्ग सेवा, सल्यक्रिया सेवा, प्रयोगशाला सेवा (युरिन कल्चर सेवा), भिडियो एक्स रे सेवा, एक्स रे सेवा, फार्मेसी सेवा, OCMC सेवा, सामाजिक सेवा इकाई सेवा, टि.बि.का बिरामीहरुका लागि जिन–एक्सपर्ट सेवा, परिवार नियोजन सेवा, खोप सेवा, एम्बुलेन्स सेवा, एच.डि.यु. सेवा, कोभिड आइसोलेसन सेवा, मानसिक रोग एवं मनोसामाजिक परामर्श सेवा लगायतका सेवाहरु उपलब्ध छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...