News Portal

रेडियो सुन्नुहोस्

श्रीमतीको स्मृतिमा विद्यालयमा २ लाख बढी अक्षयकोष स्थापना

तेजेन्द्र बि. एम.२०७९ बैशाख १९
१६५३ पटक
२०७९ बैशाख १९

प्युठान नगरपालिका ६ निवासी खेतुलाल भण्डारीले आफ्नो श्रीमतीको नाममा धर्मावती मा. वि. प्युठान नगरपालिका ६ माझकोट्मा २ लाख २ हजार २२ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । श्रीमती टीका थापा भण्डारीको गत वर्ष बैशाख १९ गते मृत्युु भएको थियो । आज एक वर्ष पुगेकाले वार्षिकी स्मरण गर्दै भण्डारीले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । उनको श्रीमती लामो समयदेखि सोहि विद्यालयमा अध्यापन गराउदै आइरहेकी थिइन् ।

वार्षिक रुपमा विद्यालयमा अध्ययनरत उत्कृष्ट, गरिव तथा जेहेन्दार विद्यार्थीहरुको हौसला बढाउन र पढाईमा थप प्रोत्साहन गर्न अक्षयकोष स्थापना गरिएको भण्डारीले बताएका छन् । साथै विद्यार्थीहरुले मेहनत गरे आगामी वर्षहरूमा समेत अक्षयकोष वृद्धि गर्दै जाने उनले बताएका छन् । अक्षयकोष स्थापना गर्न उनी सङ्गै उनका छोरा प्रकाश भण्डारी र किरण भण्डारीले समेत महत्त्वपूर्ण सहयोग गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक पुस्पलाल पुन मगरले अक्षयकोष स्थापना गरेर विद्यार्थीको हौसला र विद्यालयक गरिमा बढेकोमा खुशी र परिवारलाई धन्यवाद समेत व्यक्त गरेका थिए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश भण्डारीले कोष स्थापनाको प्रसंशा गर्दै सहि ढंगले परिचालन गरिने बताउदै विद्यार्थीको पढाई प्रतिको रुचीमा वृद्धि भइ उत्कृष्ट नतिजा ल्याउनमा थप मेहनत गर्ने विस्वाश समेत लिएको बताएका छन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, पुर्व वि. व्य. स. का अध्यक्ष, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेकोे थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...