News Portal

रेडियो सुन्नुहोस्

भाग्यशाली मोहनबिक्रम धन्न ! गठबन्धनले साख जोगियो

झुलेनी नेटवर्क२०७९ जेठ ३०, प्यूठान
११६८ पटक
२०७९ जेठ ३०, प्यूठान

भर्खरै नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहको युगदर्शनमा एउटा लेख आयो । झिंमरुकमा हाम्रो हार भयो/झिंमरुकमा हाम्रो जित भयो । यो लेख सिंहले स्थानीय तहको निर्वाचनको सन्दर्भ पारेर लेखेका छन् । सिंहको जन्मस्थल झिंमरुक गाउँपालिकामा यसपाली गठबन्धन हुँदा पनि राजमोले पराजय भोग्न परेको छ । तर, सिंह र उनको पार्टीले हारलाई स्वीकारेका छैनन् । त्यो कुरा सिंहले लेख मार्फत बाहिर ल्याएका छन् । झिंमरुक गाउँपालिका हरेक निर्वाचनमा राजमोको किल्ला मानिन्थ्यो ।

यस पटक नेपाली कांग्रेससंग गठबन्धन गर्दा पनि राजमोले पराजय भोग्नपर्यो । यसले पुष्टी गर्दछकी प्यूठानमा राजमो साख गिर्दैछ । राजमो आफ्नै हेडक्वाटर झिंमरुकमा समेत निकै कमजोर बन्दै गएको छ । राजमो कार्यकर्ता निराश नहोउन भनेर सिंहले टालटुल पारेर पार्टी हारेको तथ्यलाई समेत जीतेको भनेर पुष्ट्ई गर्न खोजेका छन् । झिंमरुकमा नेपाली कांग्रेसले उपाध्यक्ष पदमा जितेको छ । त्यसलाई समेत उनले गठबन्धनले जितेको भनेर राजमोको जीत मानेका छन् ।

नेपाली कांग्रेसलाई गाली गरि युगै बिताएका सिहं हिजोआज आफ्नो पार्टीले हार्दा पनि कांग्रेसको जितलाई पार्टीको जित देख्न थालेका छन् । पहिले कांगे्रस माओबादीलाई निकै छिःछिः दूरदूर गर्ने सिंह र उनको पार्टीले यी दुई पार्टीलाई हिजोआज जयजयकार गर्दैछ । कुनै बेला प्यूठानमा निकै बलियो मानिएको नेकपा मसाल खुम्चदै गएर गठबन्धन गरि जिल्लाका ९ वटा स्थानीय तह मध्ये १ वटा स्थानीय तहमा जित हात पार्ने कुरालाई राजमो र उसका नेताहरुले प्यूठानमा गठबन्धन निकै फापेको भनेका छन् ।

गठबन्धनबाट राजमोले मल्लरानी गाउँपालिकामा बल्लबल्ल टेको लाएर जित हात पार्न सकेको छ । यसलाई उनीहरुले कांग्रेस माओबादीसंग गठबन्धन गर्न पाएकोमा भाग्यमानी ठानेका छन् । यस अघिको संघिय सांसदको निर्वाचनमा सिंहकी कान्छी श्रीमती दुर्गा पौडेल बाम गठबन्धनको तर्फबाट संघिय सांसद निर्वाचित भएकी थिइन् । भाग्यमानी सिंह र उनको पार्टी राजमोलाई यहि असार १ गते हुने जिल्ला समोन्वय समितिको निर्वाचनमा पनि ठूलो जित हात लाग्ने भएको छ ।

राजमोको चुनाब चिन्ह गिलास लिएर गठबन्धन मार्फत झिंमरुकमा वडा सदस्य जितेका नेपाली कांग्रेसका नेता धर्मबहादुर जिसी जिल्ला समोन्वय समितिका प्रमुख बन्दै छन् । यस्तै उप प्रमुखमा रुख चिन्ह लिएर स्वर्गद्घारी नगरपालिकामा वडा सदस्य जितेकी माओबादी नेतृ दुर्गा रेग्मी उप प्रमुख बन्दै छिन् । जनताबाट लखेटिएको राजमोलाई भाग्यले भने निकै साथ दिएको छ । अब राजमो खुरुखुरु भाग्यवादलाई सैद्धान्तिक बटमलाइन बनाउदा राम्रै होला भाग्य बारम्बार चम्किदैन है ।

आफ्ना नेताहरुलाई राजमोको तर्फबाट जिल्ला समन्वयमा उम्मेदवारी दर्ता गर्दा कांग्रेस, माओबादीलाई कति पीडा भएको होला ? यति पीडा त २०६४ को निर्वाचनमा हार व्यहोरेका कांग्रेस, एमाले र २०७० को निर्वाचनमा माओबादी पनि भएन होला !

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...