News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावले सुनारको उपचारमा समस्या : परिवारबाट सहयोगको याचना

दीपेन्द्र सुनार२०७९ असार १७, प्यूठान
५५४ पटक
२०७९ असार १७, प्यूठान

आर्थिक अभावले झिमरुक गाउँपालिका १ सौतामारेका १७ वर्षिय बिमल सुनारको उपचारमा समस्या परेको छ ।
सुनार असार ६ गते भारतको हिसारमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनी अहिले भारतको हरियाणामा चुडामणि मल्टीस्पेशलिटी अस्पतालमा उपचाररत छन् ।

सुनार सवार मोटरसाइकल एक्कसी नजिकैको रुखमा ठोक्किएर गम्भीर दुर्घटनामा परी उनको दाहिने खुट्टा भाचिएको थियो । उनी दुर्घटना पश्चात् अचेत अवस्थामा खेतमा भेटिएका थिए । उनलाई उनका साथी र मामा राजकुमार वि.क.ले उद्धार गरि अस्पताल पुर्याएका थिए ।

 

उनको खुट्टाको सल्यक्रियाका गर्नुपर्ने भएकाे छ । तर सल्यक्रियाका लागि करिब ३ लाख पचास हजार रुपैयाँ भारतीय रकम खर्च लाग्ने भएकोले आर्थिक अभाव हुँदा उपचारमा समस्या उत्पन्न भएको हो ।

बिमलका बाबु करिव १ वर्ष देखि सम्पर्कविहिन छन् । त्यसैले उनका परिवार बिमलको कमाइमै आश्रीत रहेको उनकी हजुरआमा सुमित्रा सुनारले बताइन् । उनी भन्छिन् “कतै पैसाको अभावले नातीको उपचार नहुने हो कि? एक वर्ष देखि नाती कै सहारामा परिवार चलेको थियो।” उनले आफ्नो नातीको उपचारको लागि सहयोगको याचना समेत गरेकि छिन् ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...