News Portal

रेडियो सुन्नुहोस्

निमार्ण व्यवसायी संघ प्यूठानद्वारा कोभिड–१९ बाट मृत्यु भएका सदस्यहरुलाई राहत वितरण

मधुसुदन पोख्रेल२०७९ असार २९, प्यूठान
६२८ पटक
२०७९ असार २९, प्यूठान

निर्माण व्यवसायी संघ प्युठानले कोभिडबाट मृत्यु भएका सदस्यहरुलाई राहत वितरण गरेको छ । निर्माण व्यवसायी संघ केन्द्रीय समितिको सहयोग तथा निर्माण व्यवसायी संघ प्युठानको आयोजनामा राहत वितरण गरिएको हो ।

निमार्ण व्यवसायी संघका जिल्ला सदस्य दाजुभाई निर्माण सेवाका संचालक बलराज पोख्रेल र सदस्य भुप बहादुर पुनको परिवारलाई जनही १ लाख पचास हजारका दरले राहत वितरण गरीएको  निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष नविन श्रेष्ठले बताए ।
देशभर कोभिड –१९ बाट मृत्यु भएका व्यवसायी सदस्यहरुलाई केन्द्रको कार्यक्रमअनुसार राहत दिएको श्रेष्ठको भनाई छ ।

त्यस्तै कार्यक्रममा कोभिड – १९ बाट मृत्यु भएका बलराज पोख्रेलबाट निर्माण गर्दा लिनु पर्ने रकम प्रगतिशिल निर्माण सेवाका संचालक किरण केसीले राहत स्वरुप परिवारलाई ८९ हजार रकम प्रदान गरेको घोषणा समेत गरेका छन ।

निमार्ण व्यवसायी संघ प्यूठानका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षता तथा संघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठ एवम व्यवसायी संघका पुर्व अध्यक्ष र संघका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...