News Portal

रेडियो सुन्नुहोस्

निमार्ण व्यवसायी संघ प्यूठानद्वारा कोभिड–१९ बाट मृत्यु भएका सदस्यहरुलाई राहत वितरण

मधुसुदन पोख्रेल२०७९ असार २९, प्यूठान
८३३ पटक
२०७९ असार २९, प्यूठान

निर्माण व्यवसायी संघ प्युठानले कोभिडबाट मृत्यु भएका सदस्यहरुलाई राहत वितरण गरेको छ । निर्माण व्यवसायी संघ केन्द्रीय समितिको सहयोग तथा निर्माण व्यवसायी संघ प्युठानको आयोजनामा राहत वितरण गरिएको हो ।

निमार्ण व्यवसायी संघका जिल्ला सदस्य दाजुभाई निर्माण सेवाका संचालक बलराज पोख्रेल र सदस्य भुप बहादुर पुनको परिवारलाई जनही १ लाख पचास हजारका दरले राहत वितरण गरीएको  निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष नविन श्रेष्ठले बताए ।
देशभर कोभिड –१९ बाट मृत्यु भएका व्यवसायी सदस्यहरुलाई केन्द्रको कार्यक्रमअनुसार राहत दिएको श्रेष्ठको भनाई छ ।

त्यस्तै कार्यक्रममा कोभिड – १९ बाट मृत्यु भएका बलराज पोख्रेलबाट निर्माण गर्दा लिनु पर्ने रकम प्रगतिशिल निर्माण सेवाका संचालक किरण केसीले राहत स्वरुप परिवारलाई ८९ हजार रकम प्रदान गरेको घोषणा समेत गरेका छन ।

निमार्ण व्यवसायी संघ प्यूठानका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षता तथा संघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठ एवम व्यवसायी संघका पुर्व अध्यक्ष र संघका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...