News Portal

रेडियो सुन्नुहोस्

देउखुरीको बराखुट्टी स्थित मकैबारीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला

ओमप्रकाश गुप्ता२०७९ श्रावण ०२ भालुवाङ
५५२ पटक
२०७९ श्रावण ०२ भालुवाङ

दाङको देउखुरीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखट्टी निवासी ७७ वर्षिय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा फेला परेको हो ।

गत असार ३० गते घरबाट निस्केका ती वृद्ध आज सोमबार विहान घर देखि २/३ सय मिटरको दुरीमा रहेको मकैबारीमा स्थानीयले फेला पारेका थिए । ती वृद्धको लडेर मृत्यु भएको हुन सक्ने राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिएका छन् ।

सडेर गन्ध आइरहेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । ती वृद्धको हात, खुट्टा कुहिसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...