News Portal

रेडियो सुन्नुहोस्

यूवा जनवादी गायक नवीन बस्यालकाे प्रगतिशिल तीज गीत सार्वजनिक

गाेविन्द विश्‍वकर्माभाद्र ०३ स्वर्गद्वारी, प्यूठान
१३४१ पटक
भाद्र ०३ स्वर्गद्वारी, प्यूठान

नेपाली महिलाहरुकाे महान चाड हरितालिका तीजलार्इ लक्ष्यित उत्श्रृखल छाडा गीतहरु बजारमा सार्वजनिक भएकै समयमा एउटा शन्देशमूलक दरिलाे जनवादी तीज गीत बजारमा सार्वजनिक भएकाे छ । यूवा जनवादी गायक नवीन वस्याल र सिता थापा मगरकाे सुमधुर अावाजमा रहेकाे यस गीतका गीतकार टुकाराम दास रहनु भएकाे छ ।

हेमराज अाश्रमकाे संगीत एवम् संगीत संयाेजनमा तयार पारिएकाे यस गीतले नारि अधिकारकाे बारेमा खुलेर बाेलेकाे छ । समाजमा हुने नारि माथिकाे दुर्व्यवहार, शाेषण, दमन र भिवेदकाे चर्काे रुपले यस गीतमा विराेध र खण्ड शब्द मार्फत गीतकार दासले गर्नुभएकाे छ । तीज गीत मार्फत नै चेतनाका शब्दहरु प्रस्तुत गर्ने गीतहरु विरलै पाइन्छन । त्यसैले संस्कृतिलार्इ कुल्चेर पहिचानलाइ लत्याएर बनाइएका तीज गीत हैन, यस्ता प्रगतिशिल गीतहरु सुनाैं अनि परिर्वतनकाे निम्ती सबै जागरुग भएर अगाडी बढाै‌ ।

गीत सार्वजनिक भएपछी सिखवर सँग कुरा गर्दै यूवा जनवादी गायक नवीन बस्यालले अाफू जनवादी गायक भएकाे हैसियतले अहिले सम्म अाफूले गायका अनि सृजना गरेका सबै गीतहरु सन्देशमूलक, चेतनामूलक र प्रगतिशिल भएकाे बताउनुभयाे । त्यसैले तीज गीत पनि अन्य गीतहरुलार्इ जाे विकृतजन्य शब्दहरु प्रयाेग गरेर निर्माण गरिएकाे हुन्छ त्यस्ता गीतलार्इ चुनाैती दिनकाे लागि अाफूले प्रगतिशिल तीज गीत बजारमा लिएर अाएकाे बताउनुभयाे । गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...