News Portal

रेडियो सुन्नुहोस्

आज नाग पञ्चमी, ढोकामाथि नागको चित्र टाँसेर मनाइँदै

झुलेनी पाेष्टसाउन १७, २०७९ मंगलबार, प्यूठान
६०३ पटक
साउन १७, २०७९ मंगलबार, प्यूठान

 

श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ ।

आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।
नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङ्गले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहिआएको छ ।

श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद सुरु भएको समेत मानिन्छ।
ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नुपर्दैन ।

कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...