News Portal

रेडियो सुन्नुहोस्

धानमा नयाँ रोगको प्रकोप देखियो, प्यूठानका किसानहरु चिन्तित

झुलेनी पाेष्ट२०७९ साउन ३१, प्यूठान
११३७ पटक
२०७९ साउन ३१, प्यूठान

प्यूठानमा रोपिएको धानमा यस वर्ष नयाँ रोगको प्रकोप देखिएको छ । रोपिएको धानमा नयाँ रोग तथा किराको प्रकोपले किसानहरु चिन्तित वनेका छन् ।

जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गत नयाँगाउँ, लामाचौर, प्यूठान नगरपालिकाको झिमरुक फाट, सरुमारानी गाउँपालिकाको बागेंसाल, मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिका अन्तर्गतका किसानका धान खेतमा भर्खरै रोपेका धानका बोटहरु पहेलिदै सुक्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
उक्त धान वालीमा देखिएको समस्यालाई मध्यनजर गर्दै रोगको पहिचान एवम् व्यवस्थापन तथा समस्या समाधानका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाइ प्यूठानको पहलमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का विज्ञ टोलीद्धारा अनुगमन गरि रोगको परिक्षण थालिएको छ ।
यस वर्ष प्यूठानका धान खेतका बोटमा विभिन्न ६ प्रकारका नयाँ रोगको प्रकोप देखिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाइ धान जोनले किसानहरुको समस्यालाई पहिचान गर्न किसानको धान खेतमै पुगेतापनि धानबालीमा धेरै प्रकारका समस्या देखिएका कारण आफुहरुले रोग पत्ता लगाउन नसकेपछि सोमबार कृषि अनुसन्धान केन्द्र (नार्क) का विज्ञ टोलीको परिक्षणबाट धानको जरामा गड्यौला लाग्ने समस्या, मरुवा, खैरो थोप्ले रोग र जरा कुहिने रोग लगाएत ६ प्रकारका रोगहरु पुष्टि भएको परियोजनाका धान जोन इकाइका प्रमुख चुमानसिंङ गिरीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका करिब १ हजार रोपनी जग्गामा यस्ता रोगको समस्या देखिएको छ । उक्त समस्या समाधान तथा व्यवस्थापनको लागि किसानहरुले नजिकैको कृषि शाखा तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाइ धान जोनको कार्यालय प्यूठानमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...