News Portal

रेडियो सुन्नुहोस्

जिर्ण अवस्थामा रहेको फलामे पुलको पुनःनिर्माण गर्दै

झुलेनी पोष्ट २०७९ साउन ३१, प्यूठान
१०८२ पटक
२०७९ साउन ३१, प्यूठान

करिव ९० वर्ष पहिले बनेको फलामे पुलको पुननिर्माण थालिएको छ । गौमुखि गाउँपालिका वडा ३ रजबारा स्थित ओख्रेनीको जिर्ण फलामे पुलको पुन निर्माण गर्न थालिएको हो ।
स्थानीय उत्पादित फलामे खानीबाट बनाइएको झोलुङ्गे पुलको संरक्षण गर्न गौमुखी गाउँपालिकाले चासो देखाउदै पुननिर्माण कार्यलाई अगाडि बढाउन थालेको छ ।
गौमुखी गाउँपालिका वडा नं.३ ओख्रेनी स्थित अर्खा र रजवारा जोड्ने झिमरुक नदिमा सबैभन्दा पहिले स्थानीय फलाम खानीबाट बनाइएको पुलको पुरातात्विक महत्व जोगाउने उद्देश्य सहित पुलको स्तरउन्नोती गर्न लागिएको गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाले जानकारी दिए ।
बि.सं. १९८५ सालमा गौमुखी गाउँपालिका वडा नं.३ ओख्रेनी निवासी धिरज बहादुर अर्गेजा घर्तिमगरले आफ्नो निजी लगानीमा स्थानीयको साथ र सहयोगमा फलामे पुल निमार्ण गरेका थिए ।
त्यो समयमा स्थानीय खानीबाट निकालिएका फलामबाट करिब २५ मिटर लामो पुल निमार्ण गरिएको थियो । पुल निमार्णका लागि केही फलाम भारतको बहादुरगन्जबाट ल्याइएको थियो । पुल वर्षौ देखी जिर्ण अवस्थामा रहेको थियो । आजभोली पुलबाट आवतजावत गर्न नमिल्ने अवस्था छ ।
स्थानिय स्रोतसाधनको प्रयोग गरि निमार्ण गरिएको पुलको संरक्षण तथा स्तोरउन्नोती गर्ने उद्देश्यले गौमुखी गाउँपालिकाले यस वर्ष २ लाख रुपैया बजेट विनियोजन गरेको उपाध्यक्ष रानाले बताए ।
पुन निर्माण हुन लागेको फलामे पुल निर्माण कार्य सम्पन्न भए पश्चात स्थानीयहरुलाई आवतजावत गर्न सहज हुने रानाको भनाई छ । आउदो दशैसम्म पुल निमार्ण कार्य सम्पन्न गरिसक्ने रानाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...