News Portal

रेडियो सुन्नुहोस्

जिर्ण अवस्थामा रहेको फलामे पुलको पुनःनिर्माण गर्दै

झुलेनी पोष्ट २०७९ साउन ३१, प्यूठान
८४५ पटक
२०७९ साउन ३१, प्यूठान

करिव ९० वर्ष पहिले बनेको फलामे पुलको पुननिर्माण थालिएको छ । गौमुखि गाउँपालिका वडा ३ रजबारा स्थित ओख्रेनीको जिर्ण फलामे पुलको पुन निर्माण गर्न थालिएको हो ।
स्थानीय उत्पादित फलामे खानीबाट बनाइएको झोलुङ्गे पुलको संरक्षण गर्न गौमुखी गाउँपालिकाले चासो देखाउदै पुननिर्माण कार्यलाई अगाडि बढाउन थालेको छ ।
गौमुखी गाउँपालिका वडा नं.३ ओख्रेनी स्थित अर्खा र रजवारा जोड्ने झिमरुक नदिमा सबैभन्दा पहिले स्थानीय फलाम खानीबाट बनाइएको पुलको पुरातात्विक महत्व जोगाउने उद्देश्य सहित पुलको स्तरउन्नोती गर्न लागिएको गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाले जानकारी दिए ।
बि.सं. १९८५ सालमा गौमुखी गाउँपालिका वडा नं.३ ओख्रेनी निवासी धिरज बहादुर अर्गेजा घर्तिमगरले आफ्नो निजी लगानीमा स्थानीयको साथ र सहयोगमा फलामे पुल निमार्ण गरेका थिए ।
त्यो समयमा स्थानीय खानीबाट निकालिएका फलामबाट करिब २५ मिटर लामो पुल निमार्ण गरिएको थियो । पुल निमार्णका लागि केही फलाम भारतको बहादुरगन्जबाट ल्याइएको थियो । पुल वर्षौ देखी जिर्ण अवस्थामा रहेको थियो । आजभोली पुलबाट आवतजावत गर्न नमिल्ने अवस्था छ ।
स्थानिय स्रोतसाधनको प्रयोग गरि निमार्ण गरिएको पुलको संरक्षण तथा स्तोरउन्नोती गर्ने उद्देश्यले गौमुखी गाउँपालिकाले यस वर्ष २ लाख रुपैया बजेट विनियोजन गरेको उपाध्यक्ष रानाले बताए ।
पुन निर्माण हुन लागेको फलामे पुल निर्माण कार्य सम्पन्न भए पश्चात स्थानीयहरुलाई आवतजावत गर्न सहज हुने रानाको भनाई छ । आउदो दशैसम्म पुल निमार्ण कार्य सम्पन्न गरिसक्ने रानाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...