News Portal

रेडियो सुन्नुहोस्

प्यूठान सहित ७२ जिल्लामा फैलियो डेंगी, जथाभाबी औषधि नखान चिकित्सकको आग्रह

झुलेनी पोष्ट२०७९ प्यूठान भदौ, १७
१३६८ पटक
२०७९ प्यूठान भदौ, १७

डेंगीको संक्रमण प्यूठान सहित ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । जिल्लामा ७८÷७९ मा गरि ३ जनामा संक्रमण पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले जनाकारी दिए । उनका अनुसार अहिले तत्कालका लागि डेंगी परिक्षण गर्ने किट उपलब्ध नभएका कारण डेंगी परिक्षण गरिएको छैन् । डेंगी परिक्षणका लागि प्रदेश सरकारसगँ किट माग गरिएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण फैलिरहेको छ । बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले सम्म देशभरका ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला जिल्लाबाट नयाँ तथ्याङ्क आएकाले यो संख्या अझै बढ्ने सक्ने स्वास्थ्य कर्मीहरुले बताएका छन् ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगी फैलिएको छ । यो प्रदेशका २ हजार १ सय ८ जनालाई डेंगी भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा ४ सय ७२, प्रदेश १ मा १ सय ९८, गण्डकी प्रदेशमा ८४, सुदूरपश्चिममा ७७, मधेस प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेंगी देखिएको सरकारी तथ्याङ्क छ । तथ्याङ अनुसार १० जिल्लामा जोखिम धेरै छ ।

वाग्मती प्रदेशको ललितपुर जिल्लमा सबै धेरै संक्रमण फैलिएको छ । अहिलेसम्म ललितपुरका एक हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाण्डौमा ५ सय ६५, रुपन्देहीमा ३ सय ९२, भक्तपुरमा ८९, तेह्रथुम र धादिङमा ७८,सिन्धुलीमा ६३, संखुवासभा ५७, गुल्मी ५२ र अर्घाखाँचीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

समुदायमा डेंगी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनु पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको जोड छ । लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने वातावरण नबनाउन उहाँको आग्रह छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामोसम्म पानी जम्मा गरेर नराख्न उहाँको सुझाव छ । यस्तै, कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेंगी सार्ने लामखुट्टेले फूल पार्ने हुँदा बेला बेला पानी फाल्न र सफा गरिरहन उनको आग्रह छ ।

यस्तै, गाडीका टायरमा जमेको पानीमा पनि लमखुट्टेले फूल पार्ने हुँदा जमेको पानी हटाउन सुझाव दिइएको छ । लामखुट्टे नियन्त्रण नै डेंगी रोकथाको मुख्य उपाय हो ।
यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ धेरैले जथाभाबी औषधि खाने गरेकाले त्यसो नगर्न पनि कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको आग्रह गरेका छन् । डेंगी भएका बेला दुखाइ कम गर्नका लागि खाइने बुफ्रिनलगायतका औषधिले स्वास्थ्यमा झनै असर पर्ने भएकाले स्वास्थ्यकर्मी र डाक्टरको सल्लाहमा मात्रै औषधि खान उनको सुझाव छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...