News Portal

रेडियो सुन्नुहोस्

नेरेसोको ६० औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

झुलेनी पोष्ट २०७९ भदौ १९ प्यूठान
१८७२ पटक
२०७९ भदौ १९ प्यूठान

नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेरेसोको ६० औं स्थापना दिवसको अवसर पारेर नेरेसो प्यूठान शाखाले जिल्ला अस्पतालमा उपचाररत् विरामीहरुलाई फलफुल बितरण गरेको हो ।

अस्पतालका ३० जना विरामीहरुलाई फलफुल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले जनाएको छ । कार्यक्रमका अध्यक्ष एवम् नेरेसो प्यूठानका सभापति गुमानराज पुलामीले रक्त संचार सेवालाई जिल्लामा व्यवस्थित तरिकाले संचालन गर्न जिल्ला स्थित सम्पुर्ण स्थानीय तह, संघसंस्थाहरुले पनि सहयोग तथा समन्वय गर्न आवाश्यक रहेको औंल्याए ।

त्यस्तै फलफुल वितरण कार्यक्रममा वोल्दै प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र वर्माले सेवामुलक संस्थाले विपदको समयमा विभिन्न क्षेत्रहरुमा योगदान पुर्याउदै आएको भन्दै नेरेसोलाई धन्यावाद व्यक्त गरेका छन् ।

कार्यक्रममा प्यूठान नगरपालिका निर्वतमान नगरप्रमुख अर्जुन कुमार कक्षपति, अस्पतालका निमित्त प्रमुख खिम प्रसाद पार्धे, वडा नं. ३ का वडा अध्यक्ष सुमन श्रेष्ठ, नेपाल नेत्रज्वती संघ प्यूठानका सभापति केशव कर्माचार्यको उपस्थिती रहेको थियो ।

साथै सोही अवसरमा लायन्स क्लव अफ प्यूठान र नेरेसो बिजुवार उप–शाखाले रक्तदान कार्यक्रम समेत गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...