News Portal

रेडियो सुन्नुहोस्

राेल्पाका भष्ट वडा सदस्यकाे घर विप्लव नेकपाद्वारा कब्जा

सिखबर संवाददाताभदौ १४, रोल्पा
१९४७ पटक
भदौ १४, रोल्पा

विप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी माडी गाउँपालिकाले एक वडा सदस्यलाई कार्वाही गरेकाे केही दिनपछि अाज बिहिबार अउनकाे पेदीखोला स्थित घर कब्जा गरेको जनाएको छ । माडी गाउँपालिका १ नं. वडा सदस्य हरि प्रसाद घर्तिलाई नेकपा माडी गाउँपालिकाको स्थानीय जनसरकारले कार्वाही गरेको र सो बिषयमा छलफल गर्न खोज्दा उहाँ जनता सामु उपस्थित नभएको हुँदा भ्रष्टाचार गरेको ठहर गर्दै घर कब्जा गरेको नेकपाले जनाएको छ ।

माडी गाउँपालिका वडा नं. १ का वडा सदस्य हरि प्रसाद घर्तिले कृषि क्षेत्रमा आएको कुल रकम १८ लाख सत्तरी हजार पाँचको हिसाब नदेखाएको भन्दै कार्वाही स्वरुप र उक्त रकम असुल गर्न घर कब्जा गरेको जनाएको छ । उहाँल भ्रष्टचार गरेको आफुहरु संग तथ्य प्रमाण रहेको समेत विप्लव नेतृत्वको नेकपा माडी गाउँपालिकाका प्रमुख सुर्य खड्काले जानकारी दिनुभएको छ ।

घर कब्जाको क्रममा विप्लव नेतृत्वका माडी गाउँपालिका प्रमुख सुर्य खड्का, अभियान कमान्डर कुशल वली,दिनेश वली स्थानीय जनतासहित विप्लव नेता कार्यकर्ता गरी ४० जनाको सहभागिता रहेको थियो । भष्ट वडा सदस्यकाे घर कब्जा गर्दै विप्लव नेकपाका माडी गाउँपालिका तथा रोल्पा नगरपलिका अभियान कमान्डर कुशल वलीले घर कब्जा गरी भ्रष्टाचारको रकम असुल गर्ने र भ्रष्टाचारीलाइ नछोड्ने बताउनुभएको छ ।

स्मरण रहोस नेकपा माडी गाउँपालिकाले उक्त बिषयमा जाँचबुझ गर्न बिजय घर्ति मगरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बुधबार नै गठन गरिसकेको छ । नेकपाका अमरसिङ घर्ति मित्रमनिले जानकारी दिनुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...