News Portal

रेडियो सुन्नुहोस्

राेल्पाका भष्ट वडा सदस्यकाे घर विप्लव नेकपाद्वारा कब्जा

सिखबर संवाददाताभदौ १४, रोल्पा
१३७८ पटक
भदौ १४, रोल्पा

विप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी माडी गाउँपालिकाले एक वडा सदस्यलाई कार्वाही गरेकाे केही दिनपछि अाज बिहिबार अउनकाे पेदीखोला स्थित घर कब्जा गरेको जनाएको छ । माडी गाउँपालिका १ नं. वडा सदस्य हरि प्रसाद घर्तिलाई नेकपा माडी गाउँपालिकाको स्थानीय जनसरकारले कार्वाही गरेको र सो बिषयमा छलफल गर्न खोज्दा उहाँ जनता सामु उपस्थित नभएको हुँदा भ्रष्टाचार गरेको ठहर गर्दै घर कब्जा गरेको नेकपाले जनाएको छ ।

माडी गाउँपालिका वडा नं. १ का वडा सदस्य हरि प्रसाद घर्तिले कृषि क्षेत्रमा आएको कुल रकम १८ लाख सत्तरी हजार पाँचको हिसाब नदेखाएको भन्दै कार्वाही स्वरुप र उक्त रकम असुल गर्न घर कब्जा गरेको जनाएको छ । उहाँल भ्रष्टचार गरेको आफुहरु संग तथ्य प्रमाण रहेको समेत विप्लव नेतृत्वको नेकपा माडी गाउँपालिकाका प्रमुख सुर्य खड्काले जानकारी दिनुभएको छ ।

घर कब्जाको क्रममा विप्लव नेतृत्वका माडी गाउँपालिका प्रमुख सुर्य खड्का, अभियान कमान्डर कुशल वली,दिनेश वली स्थानीय जनतासहित विप्लव नेता कार्यकर्ता गरी ४० जनाको सहभागिता रहेको थियो । भष्ट वडा सदस्यकाे घर कब्जा गर्दै विप्लव नेकपाका माडी गाउँपालिका तथा रोल्पा नगरपलिका अभियान कमान्डर कुशल वलीले घर कब्जा गरी भ्रष्टाचारको रकम असुल गर्ने र भ्रष्टाचारीलाइ नछोड्ने बताउनुभएको छ ।

स्मरण रहोस नेकपा माडी गाउँपालिकाले उक्त बिषयमा जाँचबुझ गर्न बिजय घर्ति मगरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बुधबार नै गठन गरिसकेको छ । नेकपाका अमरसिङ घर्ति मित्रमनिले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

अनाथ बालबालिकालाई सहयोग

हिजो आइतबार मल्लरानी गाउँपालिका वडा नं ३ का २ जना अनाथ बालबालिकालाई आर्थिक सहयोग गरिएको...

चौतारीको स्थापना दिवसमा सम्मान सहित विविध कार्यक्रमको आयोजना

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले २५ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी...

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस प्युठानमा पनि मनाउने

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्युठान शाखाले विविध कार्यक्रम गरि मनाउने तयारी...

मान्डवि गाउँपालिका ३ का विभिन्न स्थानमा सम्पन्न एक हजार मिटर पक्कि कुलो तथा सार्वजनिक धारो निर्माणको अनुगमन

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत मान्डवि गाउँपालिका ३ मा सम्पन्न भएका एक हजार मिटर पक्कि कुलो...

एक दिने बाख्रा पालन कार्यक्रम बिजयनगरमा सम्पन्न

एक दिने बाख्रा पालन कार्यक्रम शनिबार प्यूठान नगरपालिका ३ बिजयनगरमा सम्पन्न भएको छ । एकिकृत...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी