News Portal

रेडियो सुन्नुहोस्

५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा भाद्र २७ गतेबाट दिइने

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ भाद्र २२, प्यूठान
८४२ पटक
२०७९ भाद्र २२, प्यूठान

जिल्लाभर ५ वर्ष देखि ११ वर्ष भित्रका बालबालिकालाई कोभिड–१९ विरुद्धकोे फाइजर–बायोएनटेक खोपको दोस्रो मात्रा दिइने भएको छ । पहिलो मात्रा लगाएको २१ दिन पुरा गरिसकेका बालबालिकालाई जिल्लाका नौ वटै स्थानीय तहहरुमा भाद्र २७ गते देखि आश्विन २ गतेसम्म क्रमशः कोभिड –१९ विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताए । खोपको दोस्रो मात्रा ३५ हजार १ सय ४५ जना बालबालिकालाई दिइने प्रमुख खड्काले जानकारी गराएका छन् ।

जिल्लामा पहिलो मात्राको लागि लक्षित बालबालिकाहरु ३८ हजार ४ सय ९४ जना मध्ये ३५ हजार १ सय ४५ जनाले पहिलो मात्रा लगाएका थिए । पहिलो मात्रा लगाउन छुटेका सोहि उमेरका बालबालिकालाई पनि यसै अभियानमा पहिलो मात्राको खोप समेत दिइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । उक्त कार्यालयको निर्देशनअनुसार जिल्लाका नौ वटै स्थानीय तहहरुले भदौ ५ गते देखी ११ गते सम्म एकै चरणमा खोप अभियान चलाएको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...