News Portal

रेडियो सुन्नुहोस्

पुस्ता हुर्र्कियो तर, लुंग्रिमाडीको नहरमा पानि आएन

सिखबर संवाददाताप्यूठान
१२५१ पटक
प्यूठान

लामो समयदेखि निर्माणधिन लुंग्रीमाडी सिंचाई आयोजना पुरा नहँुदा करिव ८ सय हेक्टर जमिन सिंचाई बिहिन बनेको छ । निर्माण शुरु भएको २९ बर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न नहुँदा स्थानीय कृषक चिन्तित बनेका छन् ।

२०४४ सालदेखि निर्माण सुरु भएको उक्त आयोजनामा हालसम्म १२ करोड ३४ लाख ६० हजार ९ सय ५९ रुपैया बजेट खर्च भैसक्दा पनि रोल्पाको जुतुङखोला र माडीखोला गरी दुई मुलको पानी लिएर सारी आसपासका क्षेत्रमा सिंचाई गर्ने आशा पुरा हुन नसकेको स्थानीय केन्द्रप्रकाश पातिदेवती विश्वकर्माले बताए । राजनितिक खिाचातानीको कारण लामो समयसम्म लम्बिएको आयोजना सडक निर्माणमा देखिएको लापबाहीका कारण फेरी अस्तब्यस्त बनेको छ । सारी, बेल्वास, दाखाक्वाडी र वर्जिवाङ गाविसका किसानहरु सिंचाई सुविधाको आशामै बसेका छन् । बाह्रैमहिना सिंचाई सुविधा पु¥याउन आयोजनाबाट पहिलो चरणमा २ सय ३० हेक्टर जमिन सिंचाई सुविधा पु¥याउने लक्ष्य थियो । १२ किलोमिटरको आयोजना साढे ९ कि.मी निर्माण सपन्न भएको छ । सिंचाई आयोजनाको रोल्पाका अरेश, तेवाङ सिर्प जोड्ने मोटरवाटोहरुले करिव १ करोड बरावरको क्षति पुगेको जिल्ला सिंचाई डिभिजन कार्यालय प्यूठानका प्रमुख कृष्ण बहादुर बि.क.ले जानकारी दिए ।

कृषकको प्रश्न: विकासमा राजनितिक खिचातानी कहिले सम्म ?
बर्षौदेखि सिंचाई आयोजना निर्माणको सपना देखेका कृषकहरु विकास निर्माणमा राजनितिकरण देखिँदा राजनिति प्रति बाक्वदिक्क बनेका छन् । राजनितिक विवाद साम्य नहुँदा निरासमै सिमित आयोजना प्रभावित हुँदा निकै चिन्तित देखिएका छन् । राजनीतिक खिचातानीका कारण अन्योल बनेको सिंचाइ आयोजना कहिले पुुरा होला ? भन्ने अन्यौलतामा उनिहरु रहेको बताउछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...