News Portal

रेडियो सुन्नुहोस्

शिक्षकहरुको व्यक्तित्व विकास हुन आवश्यक – नगरप्रमुख योगी

बिबश जि एम१४ माघ २०७९
६९४ पटक
१४ माघ २०७९

प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगीले शिक्षकहरुको व्यक्तित्व विकास गर्न तालिमको आवश्यकता रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन जिल्ला कार्यसमिति प्यूठान र ऐरावती प्रकाशन प्रा.लि काठमाडांैको सयूक्त आयोजनामा १ दिने नेपाली भाषा शिक्षण पाठ्यक्रम तथा सिर्जनात्म लेखन अन्तरक्रिया कार्यक्रममा शिक्षकहरुको व्यक्तित्व विकास तथा प्रभावकारी शिक्षणमा यो तालिम अति नै आवश्यक रहेको बताए ।


उनले तालिमबाट सिकेका कुराहरु शिक्षकले कक्षाकोठामा पढाउँदा विद्यार्थीहरुलाई सोही अनुरुपका सिकाईहरु सिकाउन आग्रह गरे । साथै उनले निजी बिद्यालयहरुको शैक्षिक गुणस्तरको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको पनि जानकारी दिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष दिपेन्द्र जि.सि ले प्रशिक्षकबाट पाएको ज्ञानलाई विद्यार्थीहरुको सिर्जनात्मक एंव पाठ्यक्रम अनुसारको सीप सिकाउने क्षमता विकास हुनुपर्ने बताए ।

साथै कार्यक्रममा शिक्षकहरुका लागि नेपाली भाषाको शिक्षण सम्बन्धि, नयाँ एकिकृत पाठ्यक्रम सम्बन्धि अवधारणा, बिद्यार्थीहरुलाई कसरि सिर्जनात्मक लेखन गर्न सकिन्छ लगायतका विषयमा अन्तरक्रिया गराइएको प्याप्सन जिल्ला कार्यसमिती प्यूठानका सचिव शरद गौतमले जानकारी दिए । प्याप्सनले शिक्षकहरुलाई प्रभावकारी शिक्षणका लागि पुर्नताजकिय गराउने उदेश्यका साथ कार्यक्रम गरिएको समेत बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन जिल्ला कार्यसमिति प्यूठान र ऐरावती प्रकाशन प्रा.लि काठमाडौंको सयूक्त आयोजनामा १ दिने नेपाली भाषा शिक्षण पाठ्यक्रम तथा सिर्जनात्म लेखन अन्तरक्रिया कार्यक्रम होटेल आयूस्मामा सम्पन्न भएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...