News Portal

रेडियो सुन्नुहोस्

खेलाडी उत्पादनका लागि सबै तहका सरकारहरुको सहकार्य आवश्यक छ,= मन्त्री शर्मा

वासुदेव गिरी०५ फागुन २०७९
९६१ पटक
०५ फागुन २०७९

लुम्बिनी प्रदेशका कृषी तथा भुमी ब्यवस्था मन्त्री माननीय शर्माले शिक्षा र खेलकुद विकासलाई प्राथमिकता दिने बताएका छन् । झिमरुक गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङ्शिल्ड प्रतियोगिताको उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम्रो खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै सुरुवात गर्नुपर्ने बताए ।

विद्यालय तहमा खेलाडी उत्पादनका लागि सबै तहका सरकारहरुको सहकार्य आवश्यक रहेको उनको भनाई छ। सबै भन्दा पहिला मानविय विकास महत्वपूर्ण रहेको भन्दै मानविय विकासलाई जोड दिने बताए। प्युठान जिल्ला कृषिको प्रचुर सम्भावना भएको जिल्ला रहेकोले यस तर्फ देखिने गरि कृषकले अनुभुती गर्ने गरि किसान लक्ष्यित कार्यक्रम बनाउने उनको भनाई थियो ।


उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले बालबालिकाको सर्वाङ्गिर्ण विकासका लागि विधालय उमेरदेखि नै खेलकुद, संगित जस्ता क्रियाकलापमा विद्यार्थी भाइबहिनीहरुलाई उपयुक्त वातावरण सृजना गरिदिन सबै पक्षसँग आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख धरम बहादुर जिसीले बालबालिकाको चौतर्फी बिकासको लागि अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण हुने भएकोले बिधालय स्तरबाट खेलकुद संगीत डान्स जस्ता विद्यार्थीको रुचिको बिषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
स्थानीय सरकारले प्रत्येक बिद्यालयहरुमा खेलकुदलाई महत्त्व दिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।
उनले भने, खेलको माध्यम बाट गाउँ समाज जिला प्रदेश राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तर सम्म देश लाई चिनाउने माध्यम भएकोले यस तर्फ सबै सरकारहरुले लगानीको दायरा बढाउनु पर्छ ।
त्यस्तै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्वस्थ जनशक्तिको माध्यमबाट झिमरुकको समृद्धि हासिल गर्न सकिने भएकोले शारीरिक, मानसिक रुपमा स्वास्थ्य रहन खेलकुद अपरिहार्य भएको बताउनुभयो। पालिकाको समृद्धिको लागि सबैको सहकार्य महत्त्वपूर्ण हुने भन्दै एकमना एकताका साथ लाग्नुपर्ने उहाँको भनाइ छ ।

प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यामिक तह अन्तरगतका सामुदायिक विधालयबाट खेलाडीको सहभागिता रहेको शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा एथलेटिक्स र विभिन्न विधा सहित भलिवल प्रतियोगिता लगायतका खेलहरू हुनेछ ।
प्रतियोगिता अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, लगायतका खेलमा चार सय खेलाडी खेल सहभागी रहेको उनले बताए ।
प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाडीले स्वागत पीटी प्रदर्शन, स्वागत गितको प्रस्तुति देखाएका थिए । बिजेता खेलाडीलाई प्रमाणपत्र मेटल शिल नगद प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
झिमरुक गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङ्शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरू भएको हो । पालिका नजिकै रहेको खेलमैदान प्रतियोगिता सुरू भएको छ ।
झिमरुक गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङ्शिल्ड प्रतियोगिता झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कृषी तथा भुमी ब्यवस्था मन्त्री माननीय तुल्सिराम शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रमोद पोख्रेलले गरेका थिए भने कार्यक्रम संचालन शिक्षा शाखा प्रमुख मोहन बिसीले गरेका हुन् ।

कार्यालय वडा अध्यक्ष जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, खेलाडी, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, पत्रकार लगाएको उपस्तिथि रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...