नेपाली गीत संगीतकाे क्षेत्रमा बिबि अनुरागी नाम परिचित नाम हाे विशेष गरेर अाधुनिक चलचित्र विधामा संगीतकार लाेकदाेहाेरी विधामा संगीतकार संगीत संयाेजकका नामले स्थापित अनुरागी सँग गीत गाउने पनि राम्राे कला रहेकाे छ । केही समय अगाडि अनुरागीकाे स्वर रहेकाे (I love u i miss u) भन्ने गीतले निकै बजार पाएकाे थियाे ।
त्यसपछि अहिले फेरि बि.बि अनुरागी र नम्रता तामांगको यूगल स्वरमा ‘ओई सानु’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा अनुरागीकै शब्द संगीत छ भने भिडियो निर्देशन गम्भिर बिष्टले गरेका छन् । पल शाह र आँचल शर्माले अभिनय गरेको यो गीत पार्टी र पिकनिकतिर जम्ने देखिन्छ ।
नाचु नाचु लाग्ने गीतमा पनि नृत्यकै संयोजन गरिएको छ । नबराज उप्रेतीको छायॉकंन रहेको यसमा संपादन चाहि नबिना निरौलाले गरेकी छिन् । गीत मिठो र मनछुने छ । गीतकाे रेकर्डिङ चर्चित अनि निकै व्यस्तका साथै स्तरिय रेकर्डङ स्टुडियाे प्रिजमा डिजिटलमा भएकाे हाेे । भने गीतकाेे अडिया ध्वनी सम्पादन साउण्ड इन्जिनियर श्यामश्वत रसाइलीले गर्नुभएकाे छ । गीतले सबैखाले दर्शक श्राेताकाे मन जित्ने संभावना देखिन्छ हाम्राे तर्फवाट शुभकामना ।