News Portal

रेडियो सुन्नुहोस्

सहिद स्मृतिपार्कमा नगरका संस्थापक जनप्रतिनिधिको वनभोज

झुलेनी नेटवर्क२०७९ फागुन १८, प्यूठान
७४७ पटक
२०७९ फागुन १८, प्यूठान

प्यूठान नगरपालिकाका संस्थापक जनप्रतिनिधिहरुले भेटघाट तथा वनभोज कार्यक्रम गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनवाट प्यूठान नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले विजुवारको गाँजुरीमा रहेको सहिद स्मृति पार्कमा भेटघाट तथा वनभोज कार्यक्रम गरेका हुन ।

वित्त आयोगको अघिल्लो आर्थिक वर्षको मुल्यांकनमा नेपालमा दोश्रोे स्थान ल्याउन सफल भएकोमा आपसमा वधाई ज्ञापन गर्नुका साथै कार्यक्रममा ७० वर्ष पुरा भएका पुर्व जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । पुर्व मेयर अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विषयवस्तुवारे व्याख्या सहित सहभागिलाई स्वागत पुर्व उपमेयर शान्ता आचार्य र कार्यक्रमको सञ्चालन लक्षुमन भण्डारीले गरेका थिए । ७० वर्ष पुरा भएका कमानसिँह पुन, छन्द वहादुर कुमाल र वुद्धिराम गुरुङलाई सम्मान गरिएको वर्डा नं ८ का पुर्व वर्डाअध्यक्ष लिलापसिँह केसिले वताए ।

सोहि अवसरमा ८ जना पुर्व जनप्रतिनिधिले रक्तदान पनि गर्ने भएका छन् । व्लड वैंकमा हाल संचित नरहेका रक्त समुहको आजै रक्तदान गर्ने र रगत रहेको समुहको नाम वुझाएर आवश्यक परेको वेला रक्तदान गर्नेगरी आवश्यक समन्वय गरिएको प्यूठान नगरपालिकाका पुर्वमेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।

वित्त आयोगको गत आर्थिक वर्षको मुल्याङकनमा प्यूठान नगरपालिका देशभरमा कार्यसम्पादनमा दोश्रो स्थानमा परेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...