News Portal

रेडियो सुन्नुहोस्

नेपाल औषधी व्यवसायि संघ जिल्ला शाखा प्यूठानको पाचौं अधिविेशन सम्पन्न

बिबश जि.एम२० फागुन २०७९ प्यूठान
८३५ पटक
२० फागुन २०७९ प्यूठान

नेपाल औषधी व्यवसायि संघ जिल्ला शाखा प्यूठानको पाचौं अधिविेशन आज होटल आयुष्मा जुर्मिमा सम्पन्न भएको छ ।
आजको अधिवेशनले नयाँ जिल्ला कार्यसमिति पाएको छ ।
जसको अध्यक्षमा भगत कर्मचार्य, उपाध्यक्ष गोविन्द राज घिमिरे, महासचिव खिम प्रसाद पार्धे, सचिव मदन के.सी, उपकोषाध्यक्ष नविन गौतम र सदस्यहरुमा राधा देवी के.सी, गोपाल योगि, पार्वती बस्नेत रहेका छन् ।
नेपाल औषधी व्यवसायि संघ लुम्बिनी प्रदेश कमिटी महासचिव लुकराज न्यौपानेले जिल्ला संघ अझ शसक्त भएर सक्रिय रुपमा अगाडी बढनु पर्ने आवश्यकता रहेको बताए ।
नेपाल औषधी व्यवसायि संघ जिल्ला शाखा प्यूठानको पाचौं अधिविेशनलाई उदघाटन गर्दै महासचिव न्यौपानेले जिल्ला संघ संगठनहरु दृढताका साथ लागि पर्न आग्रह गरे ।
जिल्लामा आफ्नै कार्यालय नभए पनि यो संस्थाले औषधी पसलहरुको हितका लागि काम गर्दै आएको बताउदै यसलाई अझै सहज ढङ्गले आउदा दिनमा सराहनीय काम गर्दै जानेमा विश्वास लिए ।
साथै उनले कुनै औषधी व्यवसायिहरुलाई समस्या परेमा त्यसको लागि प्रदेश कमिटीले सहजिकरण गर्नमा साथ दिने बताए ।
अधिवेशन कार्यक्रममा २०२५ साल बैशाख २६ गते जिल्लामा पहिलो पटक औषधी व्यवसाय गर्ने मल्लरानी गाउँपालिका ४ खलंगा निवासी केपी मेडिकलका प्रो. कृष्णप्रसाद श्रेष्ठ, २०२७ कात्तिक मा रिजाल औषधी व्यवसायीका प्रो. जगन्नाथ रिजाललाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको छ ।


निवर्तमान अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधी व्यवसायि संघ लुम्बिनी प्रदेश कमिटी महासचिव लुकराज न्यौपान, रोल्पा शाखाका अध्यक्ष शिव प्रसाद आचार्य, दाङ जिल्ला शाखाका अध्यक्ष बिष्णु प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष संजय रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...