News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनमा अध्यक्ष पौडेलद्वारा अक्षयकोष स्थापना

झुलेनी पोष्ट२०७९फागुन२३, प्यूठान
५७६ पटक
२०७९फागुन२३, प्यूठान

मल्लरानी गाउँपालिका वडा नं.३ का अध्यक्ष नोमराज पौडेलले नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखामा बुवा आमाको नाममा अक्षयकोष स्थापना गरेका छन् । पौडेलले जन्मदिनको अवसर पारेर धरमपानी उपशाखाकी सभापती मोति पौडेललाई २१ हजार ४ सय ५० रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । उनले आफु निर्वाचित हुनुपूर्व नेरेसो.धरमपानी उपशाखालाई पहिलो महिनाको सेवा सुविधा वापतको रकम दिने बाचा गरेका थिए । सोही अनुसार मंगलबार केक माथि बत्ती बालेर उद्धघाटन गर्दै निर्वतमान वडा अध्यक्ष गिरीराज पौडेलको उपस्थितीमा चेक हस्तान्तरण गरेका हुन् ।
साथै अध्यक्ष पौडेलले सहयोग गरेको रकमबाट बुवा आमाको नाममा केशवराज, वेलाकुमारी अक्षयकोष स्थापना गरेको बताएका छन् । जन्मदिनको अवसरमा नेरेसो उपशाखामा अक्षयकोष स्थापना गरिएको यो पहिलोपटक हो । अक्षयकोषमा संकलित रकम नेरेसो धरमपानी उपशाखाको मातहतमा रहने गरी सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...