News Portal

रेडियो सुन्नुहोस्

जंगलमा लागेको आगलागि बस्तिमा पुग्दा माण्डविमा २ घर गोठ जलेर नष्ट

झुलेनी नेटवर्क
८५४ पटक

जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४, दगचुनेमा आगलागी हुँदा २ घरगोठ जलेर नष्ट भएको छ । हिँजोदेखि जंगलमा लागेको आगो फैलिदा स्थानीय हरिकला बुढा मगर र हिरा बुढा मगरको घरगोठमा आगलागी भएको हो ।

आगलागीबाट घरगेठमा रहेका अन्नपात, लत्ताकपडा, घाँस, दाउरा सबै जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए । अहिले पनि घरगोठमा आगलागी भइरहेको छ भने घर गोठमा रहेका सामान निकाल्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए ।

आगलागीबाट अन्य ७ घर समेत जोखिममा रहेका छन् । गाउँपालिकाका जनप्रतिनिधि सहित कर्मचारी र स्थानीयवासी अग्नि नियन्त्रणको लागि खटिएका छन् । जंगलबाट आगलागी बस्तिमा पसेकोले अग्नि नियन्त्रणमा समस्या भइरहेको छ ।

प्रहरी, रेडक्रस लगायतका अग्नि नियन्त्रक र सुरक्षाकर्मि घटना स्थलमा पुग्दैछन् भने आगलागीबाट भएको क्षतिको अनुमान भइसकेको छैन । हावा हुरी र पानी अभावमा कारण अग्नि नियन्त्रणमा ल्याउन कठिन भइरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...