News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको अध्यक्षमा धुर्ब थापा निर्वाचित

झुलेनी नेटवर्क२०८० बैशाख, १९
८५४ पटक
२०८० बैशाख, १९

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको १८ औ साधारण सभा तथा ५ औं जिल्ला अधिबेशनलाई सम्बोधन गदै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले वन वाताबरण, जल, जंगल, जडीबुटी निकै महत्वपुर्ण भएकाले यसको दिगो बिकास हुनुपर्ने बताएका थिए ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिसीले स्थानीय तहसंग हातेमालो गरी वन तथा वातावरणलाई ब्यवस्थित गर्न आबस्यक रहेको औल्याए ।

कार्यक्रममा मानव जातीका लागी वन अपरिहार्य रहेको उल्लेख उनले गरे ।

आफु संस्थापक देखि वन क्षेत्रको बिकासमा लागेको हुँदा सके सम्म सहयोग गर्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले बताए ।

नेपालको बन तथा वातावरणलाई व्यवस्थापन गर्न सरकारले ठोस निति बनाउन आबस्यक रहेको उनको भनाई थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य डिलाराम पौडेलले वन क्षेत्रलाई व्यवस्थित गर्नुको साटो अनाबस्यक बखेडा निकालि सामुदायिक बनको समस्या सरकारले नबुझेको बताए ।

नेपालको वन क्षेत्रमा सबै किसिमका जडिबुटी पाइने पौडेलको भनाई छ । नँया प्रविधिको बिकास संगै संसार अगाडी बढेकाले पनि वन क्षेत्रको बिकास गर्नु पर्ने उनले बताएकाछन् ।

जलबायु परिवर्तनको समस्या, वन डडेलो, सरकार संग वन क्षेत्रको समन्वयमा कर्मी, आगामी दिनमा सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय तहसंग मिलेर काम गर्ने सन्दर्भमा जिल्ला डिभिजन वन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताले बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासनिक अधिकृत मेघराज सोनी, सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश सचिवालय सदस्य सरस्वती न्यौपाने, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका सदस्य लोकेन्द्र सुनारले वन क्षेत्रको बारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक संयोजक कृष्ण बहादुर खडका, संस्थापक सदस्य डिलाराम पौडेललाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानलाई कार्यालय ब्यवस्थापन गर्न भौतिक सहयोग गरेको भन्दै प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ प्यूठानका स्थानीय समिति मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिकालाई उत्कृष्ट काम गरेको भन्दै सम्मान पनि गरेको छ ।

संस्थाका सचिव छमा श्रैष्ठले प्रस्तुत गरेको िप्रगति प्रतिबेदन र कोषाध्यक्ष नारायणी जिसीले प्रस्तुत गरेको लेखा प्रतिबेदन छलफल सहित अनुमोदन गरिएको थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल प्यूठानका अध्यक्ष दामोदर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष धुर्ब कुमार थापा, संचालन सचिव छमा श्रेष्ठको रहेको थियो ।

यसैबिच सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको १८ औ साधारण सभा तथा ५ औं अधिबेशनबाट धु्रव कुमार थापाको अध्यक्षतामा १८ सदस्य रहेको जिल्ला कार्यसमिति गठन भएको छ ।

जिल्ला समन्वय समितिको सभाहल खंलगामा भएको जिल्ला अधिबेशनले उपाध्यक्षमा नारायणी जिसी, सचिव छमा श्रेष्ठ, कोषाध्यक्ष केशव बि.क चयन भएका छन् ।

यस्तै सदस्यमा दामोदर शर्मा, नर्मदा अधिकारी, तुल्सा सुबेदी, लोकेन्द्र सुनार, लक्ष्मि मल्ल, दिपा पुन, रुमान सिह कुवँर, तारा पुरी, लक्ष्मि पोख्रेल, यम बहादुर पुन, मञ्जु महतरा, सुर्य ब सार्की चयन भएको नवनिर्वाचित अध्यक्ष धुर्ब कुमार थापाले जानकारी दिए ।

२ सदस्य माण्डवी गाउँपालिकाबाट मनोनयन गरीने संस्थाले जनाएको छ ।

अधिबेशनबाट न्यायिक समितिको संयोजकमा कमला ज्ञवाली, सदस्यमा जिबराज भण्डारी, मिना गिरी निर्वाचित भएका छन् भने लेखा तथा अनुगमन समितिको संयोजकमा बिक्रम केसी, सदस्यमा शुसिला अधिकारी, खिम बहादुर बि.क चयन भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...