News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको अध्यक्षमा धुर्ब थापा निर्वाचित

झुलेनी नेटवर्क२०८० बैशाख, १९
१७९ पटक
२०८० बैशाख, १९

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको १८ औ साधारण सभा तथा ५ औं जिल्ला अधिबेशनलाई सम्बोधन गदै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले वन वाताबरण, जल, जंगल, जडीबुटी निकै महत्वपुर्ण भएकाले यसको दिगो बिकास हुनुपर्ने बताएका थिए ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिसीले स्थानीय तहसंग हातेमालो गरी वन तथा वातावरणलाई ब्यवस्थित गर्न आबस्यक रहेको औल्याए ।

कार्यक्रममा मानव जातीका लागी वन अपरिहार्य रहेको उल्लेख उनले गरे ।

आफु संस्थापक देखि वन क्षेत्रको बिकासमा लागेको हुँदा सके सम्म सहयोग गर्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले बताए ।

नेपालको बन तथा वातावरणलाई व्यवस्थापन गर्न सरकारले ठोस निति बनाउन आबस्यक रहेको उनको भनाई थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य डिलाराम पौडेलले वन क्षेत्रलाई व्यवस्थित गर्नुको साटो अनाबस्यक बखेडा निकालि सामुदायिक बनको समस्या सरकारले नबुझेको बताए ।

नेपालको वन क्षेत्रमा सबै किसिमका जडिबुटी पाइने पौडेलको भनाई छ । नँया प्रविधिको बिकास संगै संसार अगाडी बढेकाले पनि वन क्षेत्रको बिकास गर्नु पर्ने उनले बताएकाछन् ।

जलबायु परिवर्तनको समस्या, वन डडेलो, सरकार संग वन क्षेत्रको समन्वयमा कर्मी, आगामी दिनमा सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय तहसंग मिलेर काम गर्ने सन्दर्भमा जिल्ला डिभिजन वन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताले बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासनिक अधिकृत मेघराज सोनी, सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश सचिवालय सदस्य सरस्वती न्यौपाने, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका सदस्य लोकेन्द्र सुनारले वन क्षेत्रको बारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक संयोजक कृष्ण बहादुर खडका, संस्थापक सदस्य डिलाराम पौडेललाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानलाई कार्यालय ब्यवस्थापन गर्न भौतिक सहयोग गरेको भन्दै प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ प्यूठानका स्थानीय समिति मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिकालाई उत्कृष्ट काम गरेको भन्दै सम्मान पनि गरेको छ ।

संस्थाका सचिव छमा श्रैष्ठले प्रस्तुत गरेको िप्रगति प्रतिबेदन र कोषाध्यक्ष नारायणी जिसीले प्रस्तुत गरेको लेखा प्रतिबेदन छलफल सहित अनुमोदन गरिएको थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल प्यूठानका अध्यक्ष दामोदर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष धुर्ब कुमार थापा, संचालन सचिव छमा श्रेष्ठको रहेको थियो ।

यसैबिच सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको १८ औ साधारण सभा तथा ५ औं अधिबेशनबाट धु्रव कुमार थापाको अध्यक्षतामा १८ सदस्य रहेको जिल्ला कार्यसमिति गठन भएको छ ।

जिल्ला समन्वय समितिको सभाहल खंलगामा भएको जिल्ला अधिबेशनले उपाध्यक्षमा नारायणी जिसी, सचिव छमा श्रेष्ठ, कोषाध्यक्ष केशव बि.क चयन भएका छन् ।

यस्तै सदस्यमा दामोदर शर्मा, नर्मदा अधिकारी, तुल्सा सुबेदी, लोकेन्द्र सुनार, लक्ष्मि मल्ल, दिपा पुन, रुमान सिह कुवँर, तारा पुरी, लक्ष्मि पोख्रेल, यम बहादुर पुन, मञ्जु महतरा, सुर्य ब सार्की चयन भएको नवनिर्वाचित अध्यक्ष धुर्ब कुमार थापाले जानकारी दिए ।

२ सदस्य माण्डवी गाउँपालिकाबाट मनोनयन गरीने संस्थाले जनाएको छ ।

अधिबेशनबाट न्यायिक समितिको संयोजकमा कमला ज्ञवाली, सदस्यमा जिबराज भण्डारी, मिना गिरी निर्वाचित भएका छन् भने लेखा तथा अनुगमन समितिको संयोजकमा बिक्रम केसी, सदस्यमा शुसिला अधिकारी, खिम बहादुर बि.क चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...