News Portal

रेडियो सुन्नुहोस्

परम्परागत भन्दा आधुनिकिकरण खेती तथा पशुपालनमा लाग्नु पर्छ : अध्यक्ष अधिकारी

बिबश जि.एम२०८० बैशाख ३१
७७१ पटक
२०८० बैशाख ३१

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले अहिलेको समयमा परम्परागत भन्दा पनि आधुनिकिकरण खेती तथा पशुपालनमा जोड दिनुपर्ने बताए ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठान अन्तर्गत सञ्चालित बाख्राको श्रोतकेन्द्र स्थापना समूहका सदस्यहरुलाई १ दिने बाख्रापालन तालिम कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष अधिकारीले स्वच्छ आयआर्जनबाट जीवन परिवर्तन गर्न सकिने बताउँदै व्यवसायिक रुपले उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।
लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैया विनियोजित बजेटबाट यो आर्थिक बर्षको लागि पहिलो चरणमा ६ लाखको १६ वटा बोयर क्रस बोका, खोर निर्माण, तालिम, औषधी खरिद हुने माण्डवी गाउँपालिका पशुसेवा प्राविधिक कौशल अधिकारीले जानकारी दिए ।

साथै तालिममा सहभागिहरले तालिमको समय छोटो भएको भन्दै धेरै कुराहरु सिक्नको लागि तालिमको अझै आवश्यकता रहेको बताएका थिए ।

कृषकहरुले अनुदानमा आएका प्याकेजहरुबाट प्रतिफल प्राप्त गर्ने लक्ष्य लिएका छन् । तालिमा लिन पाउँदा कृषकहरु उत्साहित भएका थिए ।

पिपलडाँडा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी समूह माण्डवी गाउँपालिका १ को आयोजनामा सञ्चालन भएको तालिमको सहजिकरण माण्डवी गाउँपालिका पशु चिकित्सक हेमराज आचार्यले गरेका थिए ।

शिव बहादुर बुढा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नमराज अधिकारी रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...