News Portal

रेडियो सुन्नुहोस्

परम्परागत भन्दा आधुनिकिकरण खेती तथा पशुपालनमा लाग्नु पर्छ : अध्यक्ष अधिकारी

बिबश जि.एम२०८० बैशाख ३१
७८५ पटक
२०८० बैशाख ३१

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले अहिलेको समयमा परम्परागत भन्दा पनि आधुनिकिकरण खेती तथा पशुपालनमा जोड दिनुपर्ने बताए ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठान अन्तर्गत सञ्चालित बाख्राको श्रोतकेन्द्र स्थापना समूहका सदस्यहरुलाई १ दिने बाख्रापालन तालिम कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष अधिकारीले स्वच्छ आयआर्जनबाट जीवन परिवर्तन गर्न सकिने बताउँदै व्यवसायिक रुपले उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।
लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैया विनियोजित बजेटबाट यो आर्थिक बर्षको लागि पहिलो चरणमा ६ लाखको १६ वटा बोयर क्रस बोका, खोर निर्माण, तालिम, औषधी खरिद हुने माण्डवी गाउँपालिका पशुसेवा प्राविधिक कौशल अधिकारीले जानकारी दिए ।

साथै तालिममा सहभागिहरले तालिमको समय छोटो भएको भन्दै धेरै कुराहरु सिक्नको लागि तालिमको अझै आवश्यकता रहेको बताएका थिए ।

कृषकहरुले अनुदानमा आएका प्याकेजहरुबाट प्रतिफल प्राप्त गर्ने लक्ष्य लिएका छन् । तालिमा लिन पाउँदा कृषकहरु उत्साहित भएका थिए ।

पिपलडाँडा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी समूह माण्डवी गाउँपालिका १ को आयोजनामा सञ्चालन भएको तालिमको सहजिकरण माण्डवी गाउँपालिका पशु चिकित्सक हेमराज आचार्यले गरेका थिए ।

शिव बहादुर बुढा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नमराज अधिकारी रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...