News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको धनबाङमा आगलागी, ११ घर जले

झुलेनी नेटवर्क२०८० जेठ ८
८५६ पटक
२०८० जेठ ८

प्यूठानको स्वर्गद्धारी नगरपालिका २ धनबाङमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् ।

गयराती यहाँको धइरेनी सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर स्थानीयको १ बाख्रा र १५ वटा कुखुरा मरेका छन् । घरमा भएको अन्नपात लत्ताकपडा जलेको छ ।

आगलागीबाट भएको क्षतीको पूर्ण बिवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, सशत्त्र प्रहरी वल र स्थानीयले रातीनै बस्तिको आगो नियन्त्रणमा लिएको प्रजिअ कोइरालाले बताए । जंगलको आगो नियन्त्रणको लागि प्रयास भइरहेको छ । आगलागी पीडितलाई राहतको लागि रेडक्रस, उद्योग बाणिज्य संघ लगायत संघसंस्थासंग समन्वय भइरहेको कोइरालाले जानकारी दिए ।

यस्तै आईतबार बेलुकादेखि जिल्लाका विभिन्न स्थानको जंगलमा भिषण डढेलो लागेको छ । प्यूठान नगरपालिका १ खैरा, २ को दाखाक्वाडी, मल्लरानी ३ को रस्पुरकोट, स्वर्गद्धारी नगरपालिका २ को धनबाङ लगातय स्थानको जंगलमा आगलागी भइरहेको जिल्ला वन डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...