News Portal

रेडियो सुन्नुहोस्

बाख्रापालनमा रम्दै पूर्व हवल्दार

एलबी थापा२०८० जेठ २३
१०५८ पटक
२०८० जेठ २३

सरकारी जागिर खाएर सुखमय जीवन बिताउने रहर सबैको हुन्छ । सरकारी जागिर पछिको पेन्सन बाँकि जीवन बिताउने सजिलो माध्यम हो । गाउँमै माध्यामिक तहसम्मको अध्ययन पुरा गरे नेपाल प्रहरीमा जागिर खाएका ऐरावती गाउँपालिका वडा नं. ३, जाबुनेका प्रेम पुन भने पेन्सनपछि कृषि पेसामा होमिएर सबैलाइ उत्पादनमा लाग्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

पुनले राम्री थुम पशु तथा कृषि फर्म दर्ता गरेर सञ्चालन गरेका छन् । सुरुमा ११ वटा बाख्राबाट व्यवसायिक रुपमा बाख्रापालन थालेका उनले ३ लाख ३० हजारमा जिल्ला बाहिरबाट बोयर बोका समेत खरिद गरि ल्याएका थिए । २०७२ सालबाट सुरु गरेको फर्ममा उनले २०७५ सालसम्म आम्दानी लिन सकेनन् ।

पेन्सनको पैसा र गाउँघरमा सापटि लिएर थालेको व्यवसायबाट चौंथो वर्षबाट आम्दानी दिन थालेपछि उनी बाख्रापालनमा हौसीएका छन् । ‘चौंथो वर्षमा ९ वटा पाठापाठि बिक्रिबाट २ लाख आम्दानी भएको थियो’, उनले भने, ‘पाँचौ वर्ष वर्षमा ३ लाख जति आम्दानी भयो ।’

हालसम्म बाख्रा खोर, घाँस खेती लगायत काममा करिब ८० लाख भन्दा बढि लगानी लागेको पुनले बताए । फर्ममा अहिले ६२ वटा बाख्रा छन् । जसमध्ये ४ वटा माउँ बाख्रा छन् भने अन्य पाठापाठि र एक वटा बोयर बोका छ । उनले १ सय ३० वटा सम्म बाख्रा पाल्न सक्ने गरी खोर निर्माण गरेका छन् ।

‘अबको ६ वर्षमा फर्मको लगानी उठिसक्ने अनुमान गरेको छुँ’, उनले भने, ‘त्यसपछि बल्ल फर्म नाफामा जाने आशा गरेको छुँ ।’ बाख्रा पालनमा उनको श्रीमती प्रेमकला सँगै छोराले पनि सहयोग गर्दै आएका छन् । बाख्रापालनका लागि घाँस बढि चाहिने हुँदा पुनले आफ्नो भएभरको जग्गामा घाँस खेति गरेका छन् ।

‘बाख्रालाई चराउनभन्दा काटेको घाँसबाट फाइदा हुने रहेछ’ उनले भने, ‘मैले आफ्नो भएभरको जग्गामा घाँस खेती गरेको छुँ ।’उनका अनुसार ३६ रोपनी क्षेत्रफलमा नेप्पियर, पासपालम, किम्वु, दालचिनी लगायत बिभिन्न स्थानीय प्रजातिका समेत घाँस लगाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...