News Portal

रेडियो सुन्नुहोस्

बाख्रापालनमा रम्दै पूर्व हवल्दार

एलबी थापा२०८० जेठ २३
१०४० पटक
२०८० जेठ २३

सरकारी जागिर खाएर सुखमय जीवन बिताउने रहर सबैको हुन्छ । सरकारी जागिर पछिको पेन्सन बाँकि जीवन बिताउने सजिलो माध्यम हो । गाउँमै माध्यामिक तहसम्मको अध्ययन पुरा गरे नेपाल प्रहरीमा जागिर खाएका ऐरावती गाउँपालिका वडा नं. ३, जाबुनेका प्रेम पुन भने पेन्सनपछि कृषि पेसामा होमिएर सबैलाइ उत्पादनमा लाग्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

पुनले राम्री थुम पशु तथा कृषि फर्म दर्ता गरेर सञ्चालन गरेका छन् । सुरुमा ११ वटा बाख्राबाट व्यवसायिक रुपमा बाख्रापालन थालेका उनले ३ लाख ३० हजारमा जिल्ला बाहिरबाट बोयर बोका समेत खरिद गरि ल्याएका थिए । २०७२ सालबाट सुरु गरेको फर्ममा उनले २०७५ सालसम्म आम्दानी लिन सकेनन् ।

पेन्सनको पैसा र गाउँघरमा सापटि लिएर थालेको व्यवसायबाट चौंथो वर्षबाट आम्दानी दिन थालेपछि उनी बाख्रापालनमा हौसीएका छन् । ‘चौंथो वर्षमा ९ वटा पाठापाठि बिक्रिबाट २ लाख आम्दानी भएको थियो’, उनले भने, ‘पाँचौ वर्ष वर्षमा ३ लाख जति आम्दानी भयो ।’

हालसम्म बाख्रा खोर, घाँस खेती लगायत काममा करिब ८० लाख भन्दा बढि लगानी लागेको पुनले बताए । फर्ममा अहिले ६२ वटा बाख्रा छन् । जसमध्ये ४ वटा माउँ बाख्रा छन् भने अन्य पाठापाठि र एक वटा बोयर बोका छ । उनले १ सय ३० वटा सम्म बाख्रा पाल्न सक्ने गरी खोर निर्माण गरेका छन् ।

‘अबको ६ वर्षमा फर्मको लगानी उठिसक्ने अनुमान गरेको छुँ’, उनले भने, ‘त्यसपछि बल्ल फर्म नाफामा जाने आशा गरेको छुँ ।’ बाख्रा पालनमा उनको श्रीमती प्रेमकला सँगै छोराले पनि सहयोग गर्दै आएका छन् । बाख्रापालनका लागि घाँस बढि चाहिने हुँदा पुनले आफ्नो भएभरको जग्गामा घाँस खेति गरेका छन् ।

‘बाख्रालाई चराउनभन्दा काटेको घाँसबाट फाइदा हुने रहेछ’ उनले भने, ‘मैले आफ्नो भएभरको जग्गामा घाँस खेती गरेको छुँ ।’उनका अनुसार ३६ रोपनी क्षेत्रफलमा नेप्पियर, पासपालम, किम्वु, दालचिनी लगायत बिभिन्न स्थानीय प्रजातिका समेत घाँस लगाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...