News Portal

रेडियो सुन्नुहोस्

कस्तो ल्याए प्यूठानका स्थानीय तहले बजेट ?

झुलेनी नेटवर्क २०८० असार १०
८७१ पटक
२०८० असार १०

शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका प्यूठानका स्थानीय तहहरुले आईतबार आर्थिक वर्ष २०८०÷०८१ मा खर्च गर्ने गरि बजेट ल्याएका छन् । उत्पादनलाई प्रोत्साहन गर्नेगरि युवालाई गाउँमै रोजगारी दिने योजना सहित आगामी वर्षको लागि स्थानीय सरकारहरूले विभिन्न कार्यक्रम घोषणा गरेका हुन् । गाउँमा वेरोजगार युवालाइ रोजगारी दिन, किसानहरुलाइ प्रोत्साहन गर्न स्थानीय सरकारहरूले विभिन्न व्यवसायजन्य कार्यक्रमकालागि बजेट विनियोजन गरेका छन् ।

प्यूठानको नौबहिनी गाउँपालिकाले ‘किसानको उत्पादन गाउँसरकारको अनुदान’ भन्ने कार्यक्रम बनाएको छ । कार्यक्रमअनुसार २ सय केजी भन्दाबढि खसी बोकाको मासु उत्पादन गर्ने किसानलाई प्रति केजी ८० रुपैयाँकादरले अनुदान दिने भएको छ ।

पालिकालाई दूधमा आत्मनिर्भर गराउँदै निर्यात गर्ने उदेश्य सहित किसानले सुत्केरी भैसीको विमा गरेमा प्रतिभैसी पाँच हजारकादरले विमा गरेवाफत रकम उपलब्ध गराउने गरि बजेट ल्याएको छ । यस्तै किसानसंग गाउँसरकार कार्यक्रम मार्फत एक वडा एक कृषि पकेट क्षेत्र निर्माण गर्नेगरि कार्यक्रम बनाएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले बताए । नौबहिनीले किसानलाई पोत्साहन गरि रोजगारी सिर्जना गर्न ५० प्रतिशत अनुदानमा अलैची र किवीको बिरुवा प्रदान गर्नकालागि बजेटको व्यबस्था गरेको छ ।

पालिकाले शिक्षामा ३ करोड ३८ लाख स्वास्थमा १ करोड ६८ लाख, लक्षित बर्गमा २९ लाख, जेसिभि खरिद गर्न ५० लाख विनियोजन गरेको छ । नौबहिनिले आर्थिक वर्ष २०८०÷८१ का लागि ६५ करोड ८२ लाख ८६ हजार ३ सय २६ रुपैयाँको बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

त्यस्तै प्युठान नगरपालिकाले पनि यस आर्थिक बर्षको बजेटमा कृषिलाई नै मुख्य प्राथमिकतामा राखेको छ । नगरपालिकाले उत्पादनसंगै कृषि बजार, समुन्नत नगरको आधार भन्ने नारालाई अगाडी सारेर नगरपालिकाभित्रका किसानहरुलाई सुचिकरण गरी किसान परिचय पत्र वितरण, कृषि उपज संकलन तथा बजारीकरण, कृषिमा आधारित बैंक अनुदान, सहुलियत ऋण लगायतका कार्यक्रम सञ्चालन गर्ने भएकोे छ ।नगरपालिकाले आगामी आर्थिक बर्षका लागि संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान सहित ७८ करोड २० लाख बराबरको बजेट सभामा पेस गरेको छ ।

मल्लरानी गाउँपालिकाले बाह्रै महिना चल्ने गरि पूर्वाधार क्षेत्रतर्फ ‘एउटा वडा, एउटा बाटो’ लाई बढि प्राथमिकता दिएको छ । कृषि क्षेत्रलाई पनि पालिकाले ध्यानमा राखी कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको रेकर्ड गरि कृषकहरुलाई अनुदान दिने भएको छ । पालिकाले यस आर्थिक वर्ष २०८०÷०८१ का लागि ३९ करोड ५४ लाख ४१ हजार ८ रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश के.सीले जानकारी दिए ।

गौमुखी गाउँपालिकाले पनि यस आर्थिक बर्ष २०८०÷०८१ को लागि ४६ करोड ८० लाख रुपैयाँ पेश गरेको छ । पालिकाले निश्चित बर्गलाई घरघरमै स्वास्थ्य सेवा दिने गरि ल्याविन व्याग कार्यक्रम लिएको छ । कृषिमा रैथाने बालीहरुलाई सम्र्वद्धन गरि बजारीकरण गर्ने भएको हो ।

‘कृषि पर्यटन रोजगारी बढाउने गती, शान्त समुन्नत सुन्दर बनाउ ऐरावती’ भन्ने मुख्य नारालाई लिदै ऐरावती गाउँपालिकाले पनि आर्थिक बर्ष २०८०÷०८१ को लागि ४९ करोड ४५ लाख रुपैयाँ बजेट पेश गरेको छ ।

सरुमारानी गाउँसभाको १३ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काद्वारा आ.व ०८०÷०८१ का लागि ४३ करोड ९३ लाख ५२ हजार ३ सय ७ रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ ।

स्वर्गद्धारी नगरपालिकाले ७२ करोड ४६ लाख बजेट विनियोजन गरेको हो । नगरपालिकाले यूवा तथा स्वारोजगार,स्वास्थ्य,शिक्षा,कृषि तथा पशुलाई जोड दिएको छ । ‘स्वर्गद्धारी नगरपालिकाको स्वरोजगार,स्वर्गद्धारी बलियो आधार’ भन्ने नारालाई अघि सारेको हो ।

माण्डवी गाउँपालिकाले ४० करोड ७ लाख ४४ हजार ३ सय १२ रुपैयाँ बजेट विनियोजन भयो । गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले गाउँसभाको १४ औं अधिवेशनको दोस्रो बैठकमा उक्त बजेट पेश गरेका हुन् ।

त्यस्तै झिमरुक गाउँपालिकाले आर्थिक विकास तर्फ ४ करोड ३५ लाख ३२ हजार, सामाजिक विकास तर्फ ३० करोड ४९ लाख १९ हजार, पूर्वाधारमा ४ करोड ५५ लाख ९२ हजार, विपदजन्य गतिविधि व्यवस्थापनमा ३० लाख २० हजार र संस्थागत सेवा प्रवाहमा १० करोड ४१ लाख ५९ हजार १ सय ५० रुपैयाँ छुट्याएको छ ।

आगामी आर्थिक बर्ष देखी लागु हुने गरि गौमुखी बहुमुखी क्याम्पस मच्छिमा पढ्न आउने जो कोही विद्यार्थीका लागि पनि निशुल्क रुपमा पढाई हुने भएको छ । किसानले उत्पादन गरेका कृषि उपजहरु स्थानीय तहले खरिद गरि बजारीकरण गर्दै कृषकलाई उत्पादनको आधारमा अनुदान समेत दिने गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।

आर्थिक बर्ष सिभिल ईन्जिनियरिङ पढेका २ जनालाई यो आर्थिक बर्षमा शतप्रतिशत पूर्णता दिने, आर्थिक बर्षमा कृषि तर्फ २ र भेटेनरी तर्फ २ गरि ४ जनालाई ५० प्रतिशत अनुदानमा पढाउने र एक जना मेडिकल साईन्स पढ्ने विद्यार्थीलाई ३० प्रतिशत छुटमा पनि पढाईने उनले बताए ।
यो आर्थिक बर्ष २०८०÷०८१ को लागि विनियोजित बजेट ५० करोड २ लाख २२ हजार १ सय ५० पेश गरिएको उपाध्यक्ष पोख्रेलले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...