News Portal

रेडियो सुन्नुहोस्

करोड बढी लागतको चिस्यान केन्द्र अलपत्र

बिबश जि.एम२०८० श्रावण ११
५५० पटक
२०८० श्रावण ११

प्यूठान नगरपालिकाले सञ्चालनमा ल्याएको चिस्यान केन्द्र अहिले अलपत्र अवस्थामा छ । २०७८ सालबाट सञ्चालनमा आएको चिस्यान केन्द्र बन्द हुँदा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु त्यहाँ राख्न पाएका छैनन् ।

१ करोड ४९ लाखको लागतमा बनेको केन्द्र कृषिजन्य उत्पादनका सामग्रीहरु स्टोर गर्न नपाउँदा किसानलाई समस्या भएको कृषकहरु बताउँछन ।

चिस्यान केन्द्रमा अहिले प्राविधिक समस्याको कारण कृषि उपजहरु राख्न नसकिएको प्यूठान नगरपालिकाका कृषि शाखा प्रमुख अजित पौडेलले बताए । किसानले उत्पादन गरेका आलु,प्याज, टमाटरहरु त्यहाँ राख्दा कुहिएर,उम्रिएर गयो ‘पौडेलले भने, ‘उत्पादन गरेर राखेका सबै सामान कुहिन थालेपछि हामीले त्यहाँ राखेनौ ।’नगरपालिकामा चिस्यान केन्द्र सम्बन्धि विज्ञ प्राविधिक नभएकै कारण सो समस्या भएको उनी बताउँछन् ।

गत असोजसम्म सञ्चालनमा आएको उक्त चिस्यान केन्द्र त्यसपछि अहिलेसम्म बन्द अवस्थामा छ । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले आगामी असोज कात्तिक देखि चिस्यान केन्द्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको बताए । ‘सामान्य प्राविधिक त्रुटिका कारण यो अवस्था आएको हो,’ उनले भने,‘समस्या पहिल्याएर छिट्टै समाधान गर्नेछौ।” चिस्यान केन्द्रमा १ सय टनसम्म सामान स्टोर गर्न सक्ने क्षमता छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...