News Portal

रेडियो सुन्नुहोस्

करोड बढी लागतको चिस्यान केन्द्र अलपत्र

बिबश जि.एम२०८० श्रावण ११
७१३ पटक
२०८० श्रावण ११

प्यूठान नगरपालिकाले सञ्चालनमा ल्याएको चिस्यान केन्द्र अहिले अलपत्र अवस्थामा छ । २०७८ सालबाट सञ्चालनमा आएको चिस्यान केन्द्र बन्द हुँदा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु त्यहाँ राख्न पाएका छैनन् ।

१ करोड ४९ लाखको लागतमा बनेको केन्द्र कृषिजन्य उत्पादनका सामग्रीहरु स्टोर गर्न नपाउँदा किसानलाई समस्या भएको कृषकहरु बताउँछन ।

चिस्यान केन्द्रमा अहिले प्राविधिक समस्याको कारण कृषि उपजहरु राख्न नसकिएको प्यूठान नगरपालिकाका कृषि शाखा प्रमुख अजित पौडेलले बताए । किसानले उत्पादन गरेका आलु,प्याज, टमाटरहरु त्यहाँ राख्दा कुहिएर,उम्रिएर गयो ‘पौडेलले भने, ‘उत्पादन गरेर राखेका सबै सामान कुहिन थालेपछि हामीले त्यहाँ राखेनौ ।’नगरपालिकामा चिस्यान केन्द्र सम्बन्धि विज्ञ प्राविधिक नभएकै कारण सो समस्या भएको उनी बताउँछन् ।

गत असोजसम्म सञ्चालनमा आएको उक्त चिस्यान केन्द्र त्यसपछि अहिलेसम्म बन्द अवस्थामा छ । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले आगामी असोज कात्तिक देखि चिस्यान केन्द्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको बताए । ‘सामान्य प्राविधिक त्रुटिका कारण यो अवस्था आएको हो,’ उनले भने,‘समस्या पहिल्याएर छिट्टै समाधान गर्नेछौ।” चिस्यान केन्द्रमा १ सय टनसम्म सामान स्टोर गर्न सक्ने क्षमता छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...