News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक विद्यालयमा आकर्षण बढ्दै

झुलेनी नेटवर्क२०८० श्रावण १२
५९३ पटक
२०८० श्रावण १२

सामुदायिक विद्यालयहरुमा पठनपाठन सुधारहुँदै गएपछि संस्थागत विद्यालय छोडि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुनेक्रम बढेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानका अनुसार सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट समेत पढाई सुरु गर्न थालेपछि सामुदायिकमा सबैको चासो बढेको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानका प्रमुख शिव पण्डितले संस्थागत विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको बताए । संस्थागत वा बोर्डिङमा पढेका भन्दा पनि सामुदायिकमा नै पढेकाको नतिजा ११/१२ कक्षा पछि राम्रो आउने गरेको उनको भनाइ छ ।

पछिल्लो समय जनता मा.वि बाग्दुला, मुक्ती मा.वि रातामाटा, महेन्द्र मा.वि खलंगा, बालशिक्षा मा.वि ओखरकोट, माण्डवी मा.वि नयाँगाउँ लगायतका विद्यालयमा अग्रेंजी भाषाबाट समेत पढाई सुरुभएको छ ।

समन्वय इकाइको तथ्यांकअनुसार यस बर्ष कक्षा १–५ मा ३ हजार ३२, ६–८ मा ८ हजार एक सय ८५, ९–१० मा ४ हजार ४२ र ११–१२ मा २ हजार ६ सय ४२ गरि जिल्लामा १७ हजार ९ सय १ विद्यार्थी भर्ना भएका छन् । जिल्लामा ३ सय ९७ सामुदायिक, ४७ संस्थागत र ३ धार्मिक प्रकृतीका विद्यालय छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...