News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक विद्यालयमा आकर्षण बढ्दै

झुलेनी नेटवर्क२०८० श्रावण १२
७५९ पटक
२०८० श्रावण १२

सामुदायिक विद्यालयहरुमा पठनपाठन सुधारहुँदै गएपछि संस्थागत विद्यालय छोडि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुनेक्रम बढेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानका अनुसार सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट समेत पढाई सुरु गर्न थालेपछि सामुदायिकमा सबैको चासो बढेको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानका प्रमुख शिव पण्डितले संस्थागत विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको बताए । संस्थागत वा बोर्डिङमा पढेका भन्दा पनि सामुदायिकमा नै पढेकाको नतिजा ११/१२ कक्षा पछि राम्रो आउने गरेको उनको भनाइ छ ।

पछिल्लो समय जनता मा.वि बाग्दुला, मुक्ती मा.वि रातामाटा, महेन्द्र मा.वि खलंगा, बालशिक्षा मा.वि ओखरकोट, माण्डवी मा.वि नयाँगाउँ लगायतका विद्यालयमा अग्रेंजी भाषाबाट समेत पढाई सुरुभएको छ ।

समन्वय इकाइको तथ्यांकअनुसार यस बर्ष कक्षा १–५ मा ३ हजार ३२, ६–८ मा ८ हजार एक सय ८५, ९–१० मा ४ हजार ४२ र ११–१२ मा २ हजार ६ सय ४२ गरि जिल्लामा १७ हजार ९ सय १ विद्यार्थी भर्ना भएका छन् । जिल्लामा ३ सय ९७ सामुदायिक, ४७ संस्थागत र ३ धार्मिक प्रकृतीका विद्यालय छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...