News Portal

रेडियो सुन्नुहोस्

नेपाल शिक्षक महासंघ आन्दोलनमा 

झुलेनी नेटवर्क२०८० श्रावण २८
११६० पटक
२०८० श्रावण २८

विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको छ। भर्खरै सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केहि दफाहरु संविधानले प्रदान गरेको ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको थियो ।

नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा कार्यरत शिक्षकहरुले पालिकाहरुमा धर्ना कार्यक्रम गरेका छन् । आइतबार जिल्लाका पालिकाहरुमा विहान ११ बजेदेखि २ बजेसम्म धर्ना कार्यक्रम गरेको हो । श्रावण १६ गते मन्त्री परिषदबाट पारीत गरि शिक्षा ऐन सदनमा पेश गर्ने निर्णय गरेपछि उक्त ऐन शिक्षा र शिक्षकको हकहित विपरीत रहेको भन्दै धर्ना कार्यक्रम सुरु गरिएको महासंघले जनाएको छ ।

उक्त धर्ना कार्यक्रम समापनपछि ३० बुँदे र ५१ बुँदे सहमति पत्र सहित ज्ञापन पत्र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाईएको नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य तथा अखिल नेपाल शिक्षक महासंघका केन्द्रिय महासचिव चक्रपाणी पौडेलले जानकारी दिए । उनका अनुसार प्यूठान जिल्लामा पनि सबै ९ वटै स्थानीय तहहरुमा धर्ना कार्यक्रम गरि सहमति पत्र सहित ज्ञापन पत्र बुझाईएको छ ।

त्यस्तै आन्दोलनका कार्यक्रम अन्तर्गत ३० गते मंगलबार जिल्ला शिक्षा तथा समन्वय इकाईमा धर्ना, ३२ गते सामाजिक विकास मन्त्रालयमा धर्ना, भदौ १ गते जिल्ला स्थित प्रदेश तथा सांसदलाई जानकारी तथा पक्षीकरण गर्ने र सोही दिन केन्द्रिय स्तरका राजनीतिक नेतृत्वलाई जानकारी तथा पक्षीकरण गर्ने कार्यक्रम तय गरेको महासंघले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...